मलेसियामा सास्कृतिक धमाका २०६८ हुने


योगेन्द्र वियोगी "हिमाल" /क्वालालम्पुर मलेसिया
 नेपाली नया वर्ष २०६८ को अवसर पारेर प्रबासी मगर संघ निलाई इकाई कमिटि मलेसियाले भब्यरुपमा मलेसियाको नेगरी सेम्बिलान स्थित बन्दरबरु निलाईमा सास्कृतिक धमाका २०६८ आयोजना हुने जानकारी दिएका छन् । मलेसियाको निलाई शहरमा नै पहिलो पल्ट सास्कृतिक धमाकाआयोजना हुन लागेको आयोजकहरुले बताएका छन् । सास्कृतिक धमाकाको लागि कलाकारहरु भने प्रबासमा नै काम गर्ने प्रबासी कलाकारहरु हुन् ।कलाकारहरुमा क्रमश:सिमा,मिलन,रोशन,नगेन्द्र,सुरेश,सुमन,रामकृष्ण,भिम,दोरण,चित्र,राज,श्री
राई,दिया,रमला,दिनेश र सुधा लगायत अन्य अरु थुप्रै कलाकारहरुको उपस्थिति हुने भएको छ  । सास्कृतिक धमाका २०६८ हुने साथमा भाग्यसाली उपहारहरु पनि रहेको छ ।प्रथम पुस्कार ल्यापटप, दितीय पुस्कार सुनको सिक्री, त्रितिय पुरस्कार नोकिया मोबाइल फोनको साथै १० जनालाई आकर्षक पुरस्कारहरु पनि रहेका छन् । कार्यक्रम हेर्नको लागी प्रबेश सुल्क आर एम:१५ मात्र लाग्ने छ  । तामान सिमारकबाट कार्यक्रम हलसम्म जानको लागी निसुल्क बसको सुबिधा रहेको छ । कार्यक्रम आयोजना हुने मिति २०११ अप्रिल १७ तारिक,समय:बिहान ११ बजे,स्थान देवान सेरवाङगना मजमिस पेरबन्दरबरु निलाई मलेसिया आयोजक प्रबासी मगर संघ मलेसिया निलाई इकाई कमिटि,सहआयोजक:भुपेन्द्र महतरा,केबी र किरण बजगाई रहेका छन् । बिसेश सहयोगीहरु सयपत्री होटल,रमाइलो होटल,इन्द्रेणि होटेल र लाङघाली कपडा पसल रहेका छन् भने कार्यक्रमको प्रायोजक:fwwmc , आई.एम.ई र रेमित- मास्टर रहेका छन् । सम्पर्क फोन नम्बरहरु:०१४९६५१९७८,०१४९६५०४९५,०१०२५९२६५६,०१०२१११४६४ र ०१६३४९९०३६ रहेको छ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...