लक्ष्मी उप्रेती
अचम्म मान्नु पर्दैन यो कुनै विकट ठाउँमा भएको घटना भने पक्कै हैन । नेपालको पूर्वीद्वारा काँकडभिट्टाका मानिसहरुले भोग्दै आएको साझा समस्या हो । कुनै दिन काम विशेषले तपाईले पनि काँकडभिट्टा क्षेत्रमा कुनै फोटोकपी गर्नुपरेमा गोजीबाट २ रुपैया हैन ३२ रुपैया नै निकाल्नुपर्नेछ ।
मेचीनगर २९ फाल्गनु । एउटा फोटोकपीको लागि तपाईहरु कति रुपैया तिर्नुहुन्छ ? २/३ वा ५ तर यस्तो ठाउँ पनि छ, जहाँ मानिसले एउटा फोटोकपी गर्नको लागि ३२ रुपैया खर्च गर्नुपर्छ । अचम्म लाग्छ होला कस्ता मानिस रहेछन्, अनि पनि यस्तो ठाउँमा मानिसहरु कसरी बाँचिरहेका छन् ।
अचम्म मान्नु पर्दैन यो कुनै विकट ठाउँमा भएको घटना भने पक्कै हैन । नेपालको पूर्वीद्वारा काँकडभिट्टाका मानिसहरुले भोग्दै आएको साझा समस्या हो । कुनै दिन काम विशेषले तपाईले पनि काँकडभिट्टा क्षेत्रमा कुनै फोटोकपी गर्नुपरेमा गोजीबाट २ रुपैया हैन ३२ रुपैया नै निकाल्नुपर्नेछ । नेपाल विद्युत प्राधिकरणको दैनिक १२ घण्टाको लोडसेडिङमा कारण एउटा फोटोकपी गर्नका लागि ३२ रुपैयाँको भाडा तिरेर सीमावर्ती भारतीयबजार धाउनुपर्छ । स्थानीयस्तरमा लोडसेडिङको विकल्पका रुपमा जेनेरेटर राखेर कुनै पनि फोटोकपी सञ्चालन हुन नसक्दा सेवाग्राहीले भारतीय बजार पानीट्याङ्की धाउनु परेको हो ।
‘काँकडभिट्टामा क्षेत्रमा आधा दर्जन फोटोकपी व्यावसायीहरु छन् तर लोडसेडिङ र न्यून भोलटेजका कारण उनीहरुका मेसिनहरु सञ्चालन हुन सकेका छैनन्, विद्युत आपूर्ति भएका बेला न्यून भोल्टेजका कारण मेसिन नै विग्रने डरले पनि व्यवसायीहरुले फोटोकपी मेसिन चलाउने गरेका छैनन्, त्यसैले पानीटयाङकी गयो फोटोकपी गरेर आयो,’ काँकडभिट्टा बसपार्क सामुन्ने फ्रेन्डसीप कम्युनिकेशन का प्रोपाइटर भगीरथ राई भन्छन् ।
काँकडभिट्टाबाट पानीटयाङ्की जान प्रतिव्यक्ति १० भारतीय रुपैयाँ तिर्नुपर्छ, गएर आउँदा ३२ रुपैयाँ रिक्साभाडा खर्च हुन्छ । त्यहाँ फोटोकपी गर्दा भारतीय व्यवसायीले प्रतिगोटा रु भारतीय २ रुपैयाँ तथा धेरै गर्दा प्रतिगोटा रु भारतीय १ रुपैया लिने गरेको सेवाग्राहीले बताउँछन् ।

Ani nepal ma pani yesto thau chha bhanera bhanne ho ta???yo ta bharat ma jada lagchha ni ,,,,uso bhaye ta panitanki gayera aauda bhok ni lageko hunchha 10 rupe ko thap khaja kharchha lagchha ani 42 rupe lagchha bhandai jati puryaye pani bho ni ,,,,,,,,
ReplyDeleteproxy news
ReplyDeletehoina yesto chai bhayena hai .....j payo tyai ....ali logical hunu siknu paryo ni hau man6e le yaar ....attaractive title banayera kina man6e lai confuse banaunu .....? i respect Mechinagar online tara Fake news le Mechinagar online ko image pani Aaj TAk ko jasto hun6 ...j payo tyai bhan6 ni testai ....plz request to precribed the news which carry Truth.....
ReplyDeleteसाधारण पाठक ले नै गलती देखाउने गरि नै त MNOL समाचार नबनाए हुने थियो की ...........
ReplyDelete