क्वालालम्पुर (मलेसिया), फाल्गुन २९ - मुहारस्थित एक फर्नीचर कम्पनीमा कार्यरत नेपालीहरुले सम्झौताअनुरुप तलब तथा सेवा सुविधा नदिएको भन्दै मगलबारदेखि काम बहिस्कार गरेका छन् ।
रोजगारीका क्रममा युनाइटेड इन्टरनेशनल, डेल्टा इन्टरनेशनल, सिद्धार्थ ओभरसिज, अरुण ओभरसिज र डाइमण्ड ओभरसिजबाट सो कम्पनीमा आएका उनीहरुले आफ्ना माग पूरा नगरेसम्म काम बहिस्कार जारी राख्ने जनाएका छन् । सम्झौताअनुसार तलब तथा सेवा-सुविधाहरु नदिएकाले उदुनीहरु दुतावास जाने तयारीमा छन् । 'हाम्रा माग पुरा नभएसम्म हामी काममा फर्कंदैनौं । यसका लागि हामी तावास जाने तयारीमा छौं ।' महेन्द्रनगर घर भई सो कम्पनीमा कार्यरत कमल बहादुर सिंहले भने ।
यहाँस्थित जियांङ्ग यी इन्टरटरप्राइजेज एसबी कम्पनीमा कार्यरत नेपालीहरुले पूर्वसम्झौता अनुरुप तलब नदिएको र पटक पटक सम्झौता पालना गर्न आग्रह गर्दा समेत कम्पनी पक्षले वेवास्ता गरेकाले काम बहिस्कार गरेका हुन् ।
रोजगारीका क्रममा युनाइटेड इन्टरनेशनल, डेल्टा इन्टरनेशनल, सिद्धार्थ ओभरसिज, अरुण ओभरसिज र डाइमण्ड ओभरसिजबाट सो कम्पनीमा आएका उनीहरुले आफ्ना माग पूरा नगरेसम्म काम बहिस्कार जारी राख्ने जनाएका छन् । सम्झौताअनुसार तलब तथा सेवा-सुविधाहरु नदिएकाले उदुनीहरु दुतावास जाने तयारीमा छन् । 'हाम्रा माग पुरा नभएसम्म हामी काममा फर्कंदैनौं । यसका लागि हामी तावास जाने तयारीमा छौं ।' महेन्द्रनगर घर भई सो कम्पनीमा कार्यरत कमल बहादुर सिंहले भने ।कामदारहरुका अनुसार, नेपालस्थित मेनपावरकम्पनीले दिएको सम्झौतापत्रमा मासिक न्युनतम तलब ५ सय ४६ रिंगेट उल्लेख गरिएपनि कामदारहरुले भने मासिक ४ सय ९४ मात्र पाएका छन् । नेपाली कामदारले सम्झौताअनुरुप पाउनुपर्ने कतिपय सुविधाहरुसमेत पाएका छैनन् । कम्पनीले बत्ती र पानी साथै स्वास्थ्य परिक्षणको लागि लाग्ने खर्च आफ्नो तलबबाट कटौती गर्ने गरेको समेत बहिस्कारमा उत्रिएका कामदारहरुले बताएका छन् । सिंहले भने 'हामी होस्टलमा बस्दा प्रयोग गरिने बिजुली, पानी, र स्वस्थ्यपरीक्षणका साथै दुर्घटनाबीमाको लागि लाग्ने खर्च सबै हामीहरुकै तलबबाट काटीरहेको छ ।'
सो कम्पनीमा नेपाल लगायत भियतनाम, म्यानमार र बंगलादेशबाट गरी करिब डेढसय कामदारहरु कार्यरत छन्, तीमध्ये ४७ जना नेपाली छन् । उनीहरुले प्रतिव्यक्ति ९० हजारदेखि १ लाख २० हजारसम्म मेनपावर कम्पनीलाई बुझाएको जनाए ।
- रामचन्द्र गिरी

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...