रेखा डबल भईनन्


आजकाल धेरै कलाकारहरुको गोप्य कुराको खुलासा फेसबुक मार्फत् भैरहेको पाईन्छ । नायिका रेखा थापाका पनि केहि गोप्य बिवरणहरु फेसबुकबाट ‘एक कान दुई कान मैदान’ हुने क्रम जारी छ । यसै क्रममा आफ्नो फेसबुक अकाउण्टमा रेखाले कहिले आफु ‘बिधवा’ भएको ढोल पिटिन् त कहिले आफु ‘एकल’ रहेको भनी सानो तिनो जोक मारिन् ।


केहि समय अगाडि अष्ट्रेलिया घुमफिरको क्रममा रेखाले आफ्नो एउटा सेक्सी तस्बिरको क्याप्सनमा लेखेकी थिईन् कि, ‘कसले चोर्यो मेरो मन...? म सबैलाई यो जानकारी फेब्रअरी १४ पछि मात्र दिनेछु ।’ फेब्रअरी १४ भ्यालेन्टाइन डे थियो, त्यसैले सबैले अनुमान गरे कि रेखा त्यहि दिन डबल हुन्छिन् ।



तर फेब्रअरी १४ गएको एक महिना नाघिसक्यो, तै पनि रेखाले आफ्नो मन चोर्नेको नाम हालसम्म बताएकी छैनन् । अब यो कुराको राज के हो, त्यो त सबैभन्दा बढि रेखालाई नै जानकारी होला ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...