काँकडभिट्टा – सीमा सम्वन्धि अन्तर्राष्ट्रिय महासन्धीको ठाडो उलंघन गर्दै भारतले नेपाल–भारत सीमाको दशगजा क्षेत्रवाट स्काभेटर प्रयोग गरेरै ढुंगा, वालुवा र रोडा उठाइरहेको छ ।
भारतले नेपाल–भारत सीमाको मेची नदीवाट विगत दुई महिनादेखि लगातार यस्तो गतिविधि गर्दै आएको हो । सीमावर्ति नक्सलवाडीमा निर्माण हुदै गरेको राष्ट्रिय रेल स्टेशन र वाघडुग्राको अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणार्थ दशगजावाट उसले ढुंगा, वालुवा र रोडा ओसादै आएको हो ।
सीमा सम्वन्धि महासन्धीमा दशगजा क्षेत्र वरपर कुनै किसिमको गतिविधि गर्न नपाइने प्रष्ट उल्लेख छ । तर, यहास्थित ४७ नम्वर पिलर नजिकै वाट उसले खुलेआम गतिविधि जारी राखेको छ । सीमा सम्वन्धि विज्ञ प्राध्यापक चिन्तामणि दाहालका अनुसार दशगजा वरपरको क्षेत्रमा नेपाल तथा भारत दुवै देशले कुनै किसिमको गतिविधि गर्न पाइदैन ।
![]() |
| नेपाल–भारत सीमाको मेची नदीस्थित दशगजा क्षेत्रवाट स्काभेटर प्रयोग गरेर वालुवा झिकिदै । |
भारतले सीमा सुरक्षा वल (एसएसवी) को संरक्षणमा त्यस्तो काम गरिरहेको स्थानीयवासीको भनाई छ । ‘वालुवा उठाउन्जेल दिनभर एसएसवीले गस्ती गरिरहन्छ’, एक स्थानीयवासी भन्छन्,‘रातपरेपछि क्याम्पतिर लाग्छन् ।’ नजिकै एसएसवीको छुट्टा छुट्टै दुई वटा क्याम्प छन् । एउटा पुल नजिक र अर्को खोला नजिक क्याम्प खडा परेर उनीहरु वसेका छन् ।
दैनिक दर्जनौ ट्रक, ट्रिपर र ट्याक्टर प्रयोग गरेर वलुवा, रोडा र ढुंगा लगिने गरिएको छ । जसका कारण नदी क्षेत्रका दर्जनौ स्थानमा ठुलठुला खाल्डो वनेको छ । यसले वर्षायाममा नेपालतिरको भुभागमा डुवान हुनसक्ने देखिन्छ । एसएसवीले नेपाली ट्याक्टर तथा ट्रकहरुलाई भने हप्किदप्की गर्ने गरेको पीडितहरुले बताएका छन् । भारतीयवाट भइरहेको गैरकानुनी गतिविधिप्रति नेपालका प्रहरी प्रशासन भने अनभिज्ञ छन् । सीमा सुरक्षाका लागि भनेर खटाइएको सशस्त्र प्रहरी वल भारतको यस्तो गतिविधि नजरअन्दाज गरेर वसेको छ ।
समाचार स्रोत :– झापा पोष्ट दैनिक


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...