
रङ्गहरुको चाड होलीलाइ बिकृति रहित तरिकाले मनाउनु पर्ने र बिकृति रोक्नलाइ सबै लाग्नु पर्ने दमकमा आयोजीत एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।
होली पर्वलाइ मर्यादित रुपमा मनाइनु पर्नेमा समेत कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।
शनिबार सप्तरङ्गी एफ.एम.ले होली पर्वको बिषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा सहभागीहरुले यस्तो बताएका हुन ।
नेपाल रेडक्रस सोसाइटी दमक उप शाखाका अध्यक्ष प्रकाश बुढाथोकीले होलीलाइ सदभाबको चाडको रुपमा मनाउनु पर्नेमा यस चाडलाइ बिकृतको चाडको रुपमा परिणत गराइदै गएको बताउनु भयो ।
बिकृतिलाइ रोक्न प्रशासन र समाजका सबै पक्ष जिम्मेवार रहेकाले बिकृति रहित चाड बनाउन सबैलाइ लाग्न आग्रह गर्नु भयो ।
इलाका प्रहरी कार्यलय दमकका प्रमुख नबिन कार्कीले होलीको नाममा मिठाइ पसलहरुले भाङ्ग तथा गाँजाको मिठाइ बनाएर बेच्ने गरेको बिगतमा पाइएकाले यसलाइ रोक्ने बताउनु भयो ।
प्रहरीले होलीलाइ बिकृतिको रुपमा नमाउन आग्रह गरेको र जबरजस्ति कसैलाइ गरेमा पक्राउ गरी कानुन बमोजीम कार्बाहि गरीने र सवारी साधन चेकजाचमा समेत कडाइ गरीने कार्कीले प्रतिबद्धता जनाउनु भयो ।
दमक जेसिजका अध्यक्ष सुवासचन्द्र भट्टराइले अभिभाबकले पनि आफ्ना छोराछोरीलाइ सचेत गराउनु पर्ने र उनिहरु बिकृति जन्य कृयाकलापमा संलग्न हुन सक्ने भएकाले चासो दिनु पर्ने बताउनु भयो ।
आफै आफै सबै लागेर बिकृति रोक्न लाग्दा होली चाडले सबैमा उल्लास पैदा गर्ने र यो चाडको सार्थतकता पनि रहने बताउनु भयो ।
उद्यँेग बाणिज्य संघ दमकका प्रबिण चाम्लिङ्गले बिकृति रोक्न र ब्यापारीहरुले गाजा तथा भाङ्ग मिसाएर केहि बेचेको पाइए कार्बाहि गर्न प्रशासनलाइ सहयोग गर्ने बताउनु भयो ।
सप्तरङ्गी एफ.एम।का सामुदायीक बिभाग प्रमुख बिष्णुप्रसाद पोखरेलले सहजीकरण गर्नु भएको कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका सचिब दिपेनवाला राइ र पत्रकार मञ्च दमकका अध्यक्ष भुपेन्द्र तिम्सिनाले यो चाडका सबल पक्षहरुलाइ नागरीक सम्म पुर्याउन र खराब पक्ष प्रति सचेत गराउन पनि संचारके महत्वपुर्ण भुमिका रहने जनाउनु भयो ।
तराइका जिल्लाहरुमा शनिबार र आइतबार धुमधाम संग होली मनाइदैछ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...