विष्णुप्रसाद पोखरेल
दमक चैत ५ गते
झापाको दमकको एक अस्पतालमा शनिबार एक महिलाले एकै पटकमा तीन वटा बच्चा जन्माउनु भएको छ ।
दमक स्थित लाईफ लाईन अस्पतालमा झापा खजुरगाछि तीनकी बिमला ताजपुरियाले एकै साथ तीन वटा बच्चा जन्माउनु भएको हो ।
ताजपुरीयाले शल्यक्रिया नगरिनै दुइ छोरा र एक छोरी जन्माउनु भएको अस्पतालले जनाएको छ ।
२ वर्ष अघि बिबाह गर्नु भएकी बिमलाले पहिलो पटकमानै तिन वटा बच्चा जन्माउनु भएको श्रीमान रामसिंह ताजपुरियाले बताउनुभयो ।
लाइफ लाइन अस्पतालका अनुसार हाल आमा र तिनवटै वच्चाको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...