लखनपुरमा सवारी दुर्घटना ५ गम्भिर


लखनपुर, २० फागुन/पूर्व–पश्चिम राजमार्गको लखनपुर सडकखण्डमा बिहीबार राति भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । 
दुर्घटनामा परी बैगुनधुरा–३ का ४१ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको हो । ना३क २०८३ नम्बरको अनटेस्ट बोलेरो ट्याक्सी बैगुनधुराबाट दमक जाने क्रममा लखनपुरमा अनियन्त्रित भई चौतारामा ठोकिएको थियो । दुर्घटनामा परी बैगुनधुरा–३ का ४९ वर्षीय नेत्र पोखरेल, बैगुनधुरा–६ का ४० वर्षीय सुरेन्द्र अधिकारी, ३५ वर्षीय सुरेन्द्र पौडेल, ४० वर्षीय गोपाल भट्टराई र मोरङ इन्द्रपुरका ४२ वर्षीय यज्ञ निरौला घाइते भएका हुन् । 
उनीहरुको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...