
काठमाडौं, फाल्गुन २० - पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य स्थिति निरन्तर खस्कदै गए पछि उपचाररत चिकित्सकहरुले हाल समग्रमा उनको स्वास्थ्य स्थिति अत्यन्त संकटपुर्ण बनेको जनाएका छन् । उनको शरीरको विभिन्न प्रणालीहरु काम न गर्ने स्थिति बिहीबार अवेर राती सम्म यथावत छ ।
भट्टराईलाई वुधवारदेखी नै 'बी-प्याप' भनिने 'एक्सटर्नल भेन्टिलेटर सपोर्ट सिस्टम'मा राखिएको छ । चिकित्सा तथ्यपत्रहरुको अनुसार शरिरको स्वास प्रस्वास प्रणालीले तीव्र रुपमा काम गर्न छोडन थाले पछि 'वि-प्याप'मा राखिने गरिएको छ । 'वाईलेभेल पोजेटिभ एयर प्रेसर' भनिने वि-प्याप स्वास प्रस्वासमा सघाउने यन्त्र हो । यसको उपयोगले रोगीको फोक्सोमा बढी मात्रामा हावा पुग्ने गरेको छ ।
'हामीले सवै आधादने (सपोर्टिभ) स्याहार दिई रहेका छौं', उपचारमा संलग्न नर्भिक इन्टरनेशनल हस्पिटलका डा.भारत रावतले भने-'तर समग्रमा उनको स्वास्थ्य स्थिति संकटपुर्ण (क्रिटिकल) छ ।' भराईलाई हाल 'वी-प्याप' भनिने वाह्य भेन्टिलेटरमा राखिएको समेत डा.रावतले वताए ।
'उनको शरिरको विभिन्न प्रणालीहरु काम न गर्ने स्थिति यथावत छ', उनका उपचारमा संलग्न अर्का चिकित्सक डा.श्याम वहादुर पांडेले भने-'केहि फरक देखिएको छैन स्थिति जस्ताको त्यस्तै छ ।'
डा.रावतका अनुसार हाल उनको रक्तचाप, नाडी र रगतमा अक्सिजनको स्तरलाई कायम राखिएको छ ।'यस उनको स्वास्थ्य स्थिति वुधवारको दाजोमा आज बढी (स्टैवल)स्थिर छ', डा.रावतले भने-'तर पिसाव वन्ने प्रकृया धेरै कम छ, यो सवै भन्दा ठुलो समस्या हो ।' वुधवार भने भट्टराईको पिसाव वन्ने प्रकृया धेरै हद सम्म रोकिएको थियो ।
'उनलाई सामान्य रुपमा अक्सिजन दिंदा न पुगे पछि अहिले विप्याप मै २४ सै घन्टा अक्सिजनको स्तर मिलाउने ग राखिएको हो', डा.रावतले भने-'सामान्यको दाजोमा भट्टराईको रगतमा अक्सिजनको स्तर धेरै तल भएकोले यसो गर्नु परेको हो ।' ८७ वषिर्य भट्टराईको स्थिति वताउदै डा.रावतले विहिवार राती भने-'उनी आंशिक रुपमा चेतन भए पनि बोल्न/सञ्चार गर्न सक्दैनन ।'
भट्टराई हाल दुई साता देखी नर्भिक ईन्टरनेशनल हस्पिटलको आई.सि.यु.मा छन । भट्टराईलाई श्वासप्रश्वास र शर सुन्निने समस्या देखिएपछि २१ दिन अघि नर्भिकमा भर्ना गरिएको थियो । चिकित्सकहरुको अनुसार भट्टराईलाई छातीको पुरानो सिओपिडि-क्रोनिक अब्सट्रक्टिभ पल्मोन डिजिज) छ । उनलाई क्रोनिक हार्ट(मुटू)फेल्योर र क्रोनिक रेनल-मृगौला)फेल्यौर समेत छ । भट्टराईको छातीमा समेत संक्रमण छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...