खगेन्द्र घिमिरे,९चैत
तालिम समपन कार्यक्रममाजिल्ला विकास समितिका सामुदायिक विकास अधिकृत हेमराज सेडांई, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रल्हादमणी ओली नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद मोहनकाजी न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
झापाको धुलावारीमा जारी व्यावसायिक कृषि तथा पशुपालन तालिम आज सम्पन्न भएको छ ।
मेची युवा परिवारका अध्यक्ष प्रकाश खड्काको सभापतित्व तथा नेपाली कांगे्रसका जिल्ला सदस्य टेक बहादुर लिम्बुको प्रमूख आतिथयतामा एक कार्यक्रमका विच तालिमको समापन गरिएको हो ।

मेची युवा परिवार धुलावारीको आयोजना तथा जिल्ला वकिास समिति झापाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको थियो ।
गत सोमबारदेखि ३ दिनसम्म सञ्चालित तालिमको सहजीकरण शिव पोखरेल र तेज बहादुर आचार्यले गर्नुभएको थियो भने तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...