अग्नी पीडित लाई राहत वितरण


गोलधाप र शनिश्चरे शरणार्थी शिविरमा हिजो भएको आगलागीबाट पिडित बनेका शरणार्थीहरुलाई आज राहत वितरण गरिएको छ । दुवै शिविरका गरि करिव ६ सय परिवारलाई १५०० रुपैयाँको दरले राहतस्वरुप नगद वितरण गरिएको हो ।
यसैक्रममा शरणार्थी मामिला सम्बन्धी राष्ट्र संघीय उच्चायोग युएनएचसीआरका नेपाल प्रमुख स्टेफेन ज्याकमेटले आगलागि भएको शनिश्चरे शिविर अवलोकन भम्रण गरेका छन् । बुधवार अपरान्ह शिविर पुगेका उनले अग्नीपीडितसँग छलफल गर्दै पीडितलाई सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले अन्य दातानिकायसँग समेत बसोवासको उचित व्यवस्था मिलाउने विषयमा छलफल भएको बताए । छलफलमा विश्व खाद्य कार्यक्रम, लुथरन विश्व फेडेरेसन, कारितासका प्रतिनिधि समेत सहभागि थिए । उनले विहीवार गोलधाप शिविरका अग्नीपीडितसँग छलफल गर्ने छन् 
फोटो ; मेचीनगर झापाली

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...