धरान । १३ औ अन्र्तराष्टिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकप मंगलबारदेखि शुरु भएको छ ।
प्रतियोगिताको मंगलबार सम्पन्न उद्घाटन खेलमा आयोजक धरान फुटबल क्बललाई १—० गोल अन्तरले पराजित गदै मोरङ फुटबल संघ क्वार्टरफाइनल प्रवेश गरेको छ ।
मोरङको जितको लागि पहिलो हाफको ४५ औं मिनेटमा टिम क्याप्टेन विनोद लामाले एकमात्र निर्णायक गोल गरेका थिए । लामो फ्रिकिक प्रहार गरेको वललाई धरानका गोलकिपर पदमहाङ लिम्बुले पञ्च गर्न खोज्दा फुत्किएपछि मोरङका विनोदले हेडमार्फत गोल गरेका थिए । पहिलो खेलमा आयोजक धरान पराजित भएको यो नै पहिलो पटक हो ।पराजित भएपनि खेल अवधिभर आयोजक क्लबले मोरङलाई दबाबमा राख्दै करिब दर्जन जति गोल गर्ने प्रयास गरेपनि धरान सफल भने हुन सकेन ।
खेलको म्यानअफ द म्याच मोरङका गोलकिपर मनिष तिमिल्सीना घोषित हुदै टफिसागै एउटा वर्ड मोवाइल सेट पनि हात पारे ।
उद्घाटन अवसरमै भेडेटारबाट उडेका दुई प्याराल्याइडर नरेश राई र मणीराज राईले आकाशबाट पुष्पवृष्टि गदै खेल मैदानमा अवतरण गरेका थिए । साथै, गायक राजेशपायल राईले गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।
प्रतियोगिताको उद्घाटन अवसरमा प्रमुख अतिथि रहेका शान्ति तथा पुर्ननिर्माण एवं युवा तथा खेलकुद मन्त्री बर्षमान पुन अनन्तले धरानबासीहरुले खेलक्षेत्रमा पुर्याएको योगदानको कदर गदै रंगशाला निर्माण गर्न सरकारको तर्फबाट आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
खेलकुदमा राजनीति भएको कारण विगतमा खेलक्षेत्र विजोग अवस्थामा रहेको उल्लेख गदै उनले अब खेलक्षेत्रलाई राजनीति गर्ने अखडा र कार्यकर्ता भर्ती केन्द्र हुन नदिने बताए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...