पातालगंगामा तीन दिने महोत्सब सुरु


प्रकाश पौडेल
झापा फाल्गुन १८ / पर्यटन वर्ष २०११ लाई सफल पार्ने उद्देश्यले पूर्वको चर्चित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पातालगंगामा ३ दिने मेला सुरु भएको छ । 
‘पर्यटन वर्ष २०११ लाई सफल पारौं, ऐतिहासिक तथा पर्यटकीय तिर्थस्थल पातालगंगा दर्शन गर्न जाऔं’ भन्ने मूल नाराका साथ मेला सुरु भएको हो । शिवारात्री पर्वको अवसर पारेर बुधबार झापामा प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले मेलाको उद्घाटन गरेका छन् । मेलालाई सुरक्षित र मर्यादित बनाउन २०० भन्दा बढी स्वयंसेवक खटाइएको छ । मेलामा २०० भन्दा बढी स्टल राखिएको छ । पर्यटकीय क्षेत्र पातालगंगाको स्वामित्वमा रहेको जग्गा सँगै टी प्रोसेसिङ प्रा.लीले खनजोत गरी संरक्षणमा जनसर्मथन जुटाउन मेला प्रभावकारी हुने घैलाडुव्वा पातालगंगा संरक्षण समितिका उपाध्यक्ष हरि बुढाथोकीले जानकारी दिए । 
पातालमुनीबाट निरन्तर पानी निस्किरहने पातालगंगाको ऐतिहासिक पक्ष महाभारतकालिन किम्वदन्तीसँग जोडिएको छ । संरक्षण र सम्बद्र्धनको अभावमा जीर्ण बन्दै गएको पातालगंगालाई पर्यटकीय गन्तव्य सूचीमा राखेपछि त्यस क्षेत्रको विकास हुने स्थानिय सञ्चारकर्मी देवूँ बानियाले बताएका छन् ।

छोटो मिठो जानकारी
मेचीनगर नगरपालिका क्षेत्रमा पर्ने पातालगंगा पवित्र धार्मिक, ऐतिहासिक र दर्शनीय स्थलको रुपमा यसलाई लिइन्छ । झापा जिल्लाको पवित्र तीर्थस्थल अर्जुनधारासँग सम्बन्ध जोडिएको छ भन्ने धामिृक जनश्रुती पाइन्छ । १९९० सालको भूकम्प जाँदा हलको पातालगंगा रहेको स्थानमा एकाएक दुध जस्तो सतो फोहरा फुटेपछि स्थानीय मानिसहरुले गंगाजल प्रकट भएको विश्वास गरेका हुनाले यहाँ दर्शनार्थीहरु आउन थालेको हो । वि सं. २०४२ सालमा निजी सहयोगमा मन्दिर निर्माण भएको पाईन्छ । पातालगंगाको दर्शन गरेमा मनमा चिताएको कुरा पुग्छ भन्ने विश्वास रहेको समेत पाईन्छ । मेचीनगर नगरपालिकामा रहेको टोक्ला चिया बगानको उत्तरमा अवस्थित पातालगंगा वातावरीण दृष्टिकोणले समेत स्वच्छ र रमणीय छ ।
पातालगंगा जनिकै अर्काे धार्मिक महत्वको नन्दनेश्वर मन्दिर पनि रहेको छ । २०१४ सालमा निर्मित यो मन्दिर १ विगाहा १२ कठ्ठा क्षेत्रमा पैmलिएको छ । शिवरात्री गढिको रुपमा अचल सम्पत्ती रहेको यस मन्दिर क्षेत्रमा प्रत्येक वर्ष शिवरात्रीको अवसरमा मेला लाग्ने गरेको पाईन्छ । यसवाहेक यस क्षेत्रमा अन्य स–साना मन्दिर र देवी देवतका मूर्ति र धामहरु समेत रहेको पाइन्छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...