अर्जुनधारा


पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा धाम झापा जिल्लाको अर्जुनधारा गा.वि.स., वडा नं.–४ मा रहेको छ । अर्जुनधारा जलेश्वरधाम विर्तामोडबाट लगभग ५ कि.मी. उत्तर को दूरीमा बस, ट्याक्सी अदि चढेर पुग्न सकिन्छ । महाभारत कालमा पाण्डवहरु लुकेर यीनै स्थानमा गुप्तवास बसेका र दुर्याेधन लगायत कौरवहरुले उक्तपत्ता लगाई पाण्डवहरुको गुप्तवास भंग गर्न विराट राजाका नौ लाख गाईहरु हरण गरी लगेको तथा कौरवहरुले गाई हरण गरेको स्थान गौ हरण तथा यसको अपभ्रंश भई गोरुवा हुदै गरुवा भएको बताइन्छ, जुन स्थान हाल इलाम जिल्लाको दानाबारी गाविसमा पर्दछ । हरण गरेर लगेका गाईहरु कौरव पक्षले गौहट्ी (हाल आसाम राज्यको गुहाटी) पु¥याएका थिए र पाण्डव पक्षका वीर योद्धा बृहन्नला (नपुसक) को रुपमा लुकेर बसेका अर्जुनले लुटिएका गाईहरु कौरवहरु सँग युद्ध गरी फिर्ता ल्याउँदा अत्यन्तै तिर्खाएकाले जलदेवता भगवान शिवको आरधना गरी जमिनमा प्रर्जन्य अस्त्र (पानी निकाल्ने यन्त्र, वाणको माध्यम) ले पानी निकाली गौमातालाई खुवाएको स्थानका रुपमा यस स्थानलाई लिइन्छ । यहाँ निरन्तर धाराको रुपमा पानी बगिरहेको हुनाले यसलाई अर्जुनधारा धाम भनिएको हो भन्ने किवदन्ती छ ।
जाँड रक्सी र धुम्रपान समेत निषेधित गरिएको अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी छ भने यसको बीचमा अर्जुनले गाईलाई पानी ख्वाईरहेको मूर्ति स्थापित गरिएको छ । सातकुने उक्त पोखरीको दक्षिण तर्फ पंचधातुबाट निर्मित ५ वटा धाराहरु छन् जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रंगी विरंगी माछाहरु पाइन्छन् ।

२०५५ सालको हुलाक टिकटमा समेत चित्रांकित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्ष लाखौं स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरुले भ्रमण गर्ने गरेको पाईन्छ । यहाँ शिव, गणेश, नाग, हनुमान र सरस्वती आदि देवी देवताका मूर्तिहरुका अतिरिक्त विवाह, कर्मकाण्ड, यज्ञकक्ष, क्रियापुत्री कक्ष, धर्मिक कार्यक्रम वाचन तथा श्रोता कक्ष आदिको स्थापना गरिएको पाईन्छ । यस स्थानमा संस्कृत मा.वि. र वेदविद्यापीठ समेत स्थापना गरीएका छन् ।
अर्जुन धारमा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्दछ, जुन अवसरहरुमा देश भित्रका र भारतबाट समेत भक्तजनहरुआउने गर्दछन

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...