गोकुल पराजुली
पछिल्लो समयमा एसएलसी परिक्षाप्रतिको जनविश्वास गुम्दै गएको छ । परिक्षाको जनविश्वास गुम्नुमा परिक्षामा अनियमितता गर्ने प्रवृतिको संथागत संरक्षण हुनु मुख्य कारण हो । यस्तै संस्थागत रुपमा परिक्षामा अनियमितता गर्ने गिरोह विराटनगरमा पक्राउ परेको छ । परिक्षा केन्द्रका संचालक तथा केन्द्राध्यक्षसमेतको संलग्नतामा परिक्षामा अनियमितता हुनेगरेको आरोप पुष्टि गर्ने गरी प्रहरीले विराटनगरको स्टार सेकेण्डरी वोर्डिङ स्कुलबाट केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षहरु पक्राउ गरेका हुन् ।

जिल्ला शिक्षा कार्यालय मार्फत प्राइभेट तर्फको परिक्षाकालागि तय भएको केन्द्रको सहयोगमा विराटनगर १४ स्थित एक्सेल एकेडेमीले प्रश्नपत्र आउट गरी उत्तर तयार गर्ने जिम्मेवारी लिएको थियो । आज परिक्षा सुरु हुनु पुर्व नै केन्द्रबाट प्रश्नपत्र आउट भइसकेको थियो । आजको परिक्षा विहान ८ बजे सरु हुदैथियो । तर प्रश्नपत्र ७ः४५ मा नै आउट भयो । तर एकेडेमीले उत्तर तयार गरिरहेको समयमा एक जना मजदुर नेताको सहयोगमा प्रहरीले गिरोह समात्न सफल भएको हो ।
गएका बर्षहरुमा पनि स्टार वोर्डिङ स्कुलमा परिक्षामा अनियमितता हुने गरेको खवर आउथे । तर त्यसको पुष्टि हुन सकेको थिएन । यस पटक भने परिक्षा केन्द्रले एकेडेमिसंग १ लाख ५० हजार रुपैया लिएर प्रश्नपत्र आउट गरेको प्रारम्भिक अनुसंधानका क्रममा खुलेको छ ।

प्रहरीले एकेडेमिबाट प्रश्न पत्र फोटोकपी मेसिन, प्रश्नपत्रहरु, उत्तर पत्र जस्ता सामाग्री वरामद गरेको छ । यो काममा एकेडेमिले १६ जना लाई प्रयोग गरेको थियो । उनीहरुले ट्युसन सेन्टरमा फोटोकपी, जेनरेटर जस्ता सामग्री राखेर व्यवस्थित रुपले धन्दा संचालन गरेका थिए । ताकि लोडसेडिङले उनीहरुको धन्दामा कुनै प्रभाव नपरोस अनी आवश्यकता अनुसारको उत्तर पत्रको फोटोकपि गरी विक्रि गर्न पनि सकियोस् ।
प्रहरीले विराटनगर १४ स्थित एक्सेल एकेडेमीका संचालक मनिष सोनी सहित १९ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । स्टार वोर्डिङ स्कुलसंग विगतदेखिनै साइनो बनाएका सोनीले पक्राउ परेपछि देशभर मर्यादित बनाउन नसक्ने हो भने यहा“ मात्र कारवाही गर्न नपाइने भन्दै प्रहरीसंग गरेको प्रतिवादले पनि उनीहरुको पुर्वयोजना थियो भन्न सकिन्छ ।
परीक्षालाई मर्यादित बनाउने बिषयमा अघिल्लो एकसाता विराटनगरमा धेरै पटक बैठकहरु वसेको थियो । बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी र प्रहरी प्रमुख दिपक थापाले अनियमितता गर्नेमाथि यसपटक कडा कारवाही हुने भन्दै विगतको जस्तो व्यवहार नगर्न पटक पटक सुझाएका थिए । तर बानी परेका केन्द्राध्यक्षहरुले त्यसलाई खासै गम्भिररुपमा लिएनन र पैसा कमाउने ध्याउन्नमा लागे । जसको परिणाम समाजमा प्रतिष्ठा आर्जन गरेका व्यक्तिहरु प्रहरीको खोरमा पुगे ।
पक्राउ परी अनुसंधानको दायरामा पुगेका केन्द्राध्यक्ष डा. उद्धव पोखरेल महेन्द्र मोरङ बहुमुखि क्याम्पस विराटगनरका सहायक क्याम्पस प्रमुख पनि हुन् । यस्तै सहायक केन्द्राध्य डिल्ली पोखरेल प्रेस चौतारीका केन्द्रीय सदस्य, महेन्द्र मोरङ क्याम्पसमा अध्यापन तथा स्टार वहुउद्देश्यि सहकारी संस्थाका प्रवन्धक हुन् । अर्का सहायक केन्द्राध्यक्ष रवि रोका पनि विभिन्न संघसंस्थामा आवद्ध भएका व्यक्तिहुन् । उनीहरुबाट पैसाकालागि यस्तो निम्न स्तरको कार्य हुन्छ भन्ने अनुमान गर्न निकै गाह्रो हुन्छ । तर पैसाका पछाडि लागेकाहरुले परिक्षाको विश्वासनीयतामाथि नै प्रश्न उठाउने गरी अनियमितता गरेका छन् ।
परिक्षा अघि नै प्रश्नपत्र आउट गरेको अभियोगमा नियन्त्रणमा लिएका तीनै जनालाई जिल्ला परिक्षा समन्वय समितीले निलम्बन गरेको छ । स्टार वोर्डिङ स्कुलका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षहरुलाई निलम्बन गरेपछि परिक्षा समितीले त्यस केन्द्रमा जिल्ला शिक्षा कार्यालयका अधिकृत महेन्द्र शाक्यलाई केन्द्राध्यक्ष बनाएको छ ।
पक्राउ पर्नेमा एक जना महिलापनि रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा विभिन्न चारवटा ट्युसन सेन्टरका १६ जनालाई एक्सेल एकेडेमीवाट प्रहरीले छापा मारी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आइडिल एकेडेमीका अनुज दाहाल,पुर्वाअञ्चल एकेडेमी र रोयल स्टारका संचालक तथा शिक्षकहरु छन् । मोरङका प्रहरी उपरिक्षक दिपक थापाको नेतृत्वमा गएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उहा“ले प्रश्नपत्र आउट गर्ने कार्यत्रमा केन्द्राध्यक्षको संलग्नता भएको आशंका व्यक्त गर्नुभएको छ । एसपी थापाले घटनाको अनुसंघान गरी दोषिहरुलाई कानुन बमोजीम कारवाही गर्ने बताउनुभययो ।
माओवादी निकट मजदुर संगठनका तेजलाल कर्णको सहयोगमा मोरङमा यतिठुलो अनियमिता सार्वजनीक भएको हो । गएको बर्षनै यस प्रकारको अनियमितताको रहस्य बुझेका कर्णले त्यस्तो प्रवृति रोक्न सह्रानीय कार्य गरे जसबाट मोरङकमा यस पटकको एसएलसीमा हुनसक्ने सम्भावीत कमजोरीलाई टार्न निकै ठुलो मद्धत पुगेको छ ।
सोही केन्द्रबाट स्टार वोर्डिङ स्कुल परिक्षा केन्द्रमा परिक्षा दिइएरहेका एक नक्कली विद्यार्थी समेत पक्राउ परेका छन ।
धनकुटामा दरबन्दी रहेका प्रहरी जवान नरेश चौधरीको नाममा परिक्षा दिइएरहेका गैगा चौधरी पक्राउ परेका हुन् । उनले १५ हजार रुपैया लिएर परिक्षा दिएको खुलासा भएको छ ।
उता मोरङको दादरवेैरिया स्थित सरस्वती उच्च माध्यामिक विद्यालयको केन्द्रमा पुगेका नक्कली पर्यबेक्षक जिवछ गञ्छदार लाई प्रहरीले पक्राउ गरेको हो ।
परिक्षा समन्वय समितीका सदस्य एवं मोरङका प्रहरी उपरिक्षक दिपक थापाले प्रश्नपत्र आउट भएपनि त्यस स्थानवाट प्रश्नपत्र र उत्तर पुस्तिका फोटोकपी गरी वाहिर गइनसकेका कारण परिक्षामा कुनै असर नपरेको प्रतिकृया दिनुभएको छ ।
यस वाहेक मोरङका अन्य परिक्षा केन्द्रमा शान्तिपुर्णरुपमा परिक्षा संचालन भएको छ । तर गोप्यरुपमा अन्य केन्द्रहरुमा पनि यस प्रकारको अनियमितता भएको नहोला भनी भन्न सक्ने अवस्था चाही छैन ।
तस्विरहरु नागरिक दैनिकबाट लिइएका हुन् ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...