धरान खुला दिशामुक्त नगरपालिका घोषणा


 धरान नगरपालिकाले धरान नगरक्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले धरानलाई खुला दिशामुक्त नगर घोषणा गरेको हो । नेपालका ५८ वटा नगरपालिकाहरु मध्ये खुला दिशामुक्त नगरपालिका घोषणा गर्ने धरान मुलुककै पहिलो नगरपालिका बनेको छ ।
नगरपालिकाको प्राङगणमा आयोजित कार्यक्रममा कार्यकारी अधिकृत टिकादत्त राईले धरानलाई खुला दिशामुक्त क्षेत्र घोषणा गदै सफा, सुन्दर र स्वस्थ्य धरान बनाउन यो अभियानले थप मद्दत पुग्ने बताए । खुला दिशामुक्त क्षेत्र घोषणासागै कार्यक्रमलाई दिगोपन दिन आचारसंहिता एवं प्रतिवद्धता समेत जारी गरिएको छ खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई व्यहारमा उर्तान आचारसंहिता जारी गरिएको नगरपालिका समाज विकास शाखा प्रमुख सुनिल नेपालले बताए ।
घोषणा कार्यक्रममै जारी गरिएको आचारसंहितामा प्रमुख अतिथि, अतिथिका साथै नगरबासीहरुले हस्ताक्षर गरेर पालन गर्ने प्रतिवद्धता समेत जनाएका थिए । आचारसंहितामा समुदायका हरेक घरमा अनिवार्य चर्पी हुनै पर्ने, नयाा घर बनाउदा अनिवार्य तर्पी बनाउनै पर्ने, जथाभावी दिसा पिसाब गर्न नपाइने, त्यसो गरेमा नगद ५०१ रुपैया स्थानीयले जरिवाना लिने लगायतका व्यवस्था गरिएको छ ।
धरानमा कुल २२ हजार ६ सय ६१ घर धुरी र १ लाख ७५ हजार ४ सय ९७ जनसंख्या रहेको छ । नगरपालिकाले धरानलाई खुला दिशामुक्त क्षेत्र बनाउन करिब ३ बर्षअघिदेखि एक घर एक चर्पी अभियान शुरु गरेको थियो । यसअघि, गएको माघमा आयोजित स्वर्ण महोत्सवको अवसरमा धरानका विभिन्न १० वटा वडालाई नगरपालिकाले खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकेको थियो । घोषणा कार्यक्रममा प्रमुख अतिथि एवं सुनसरी क्षेत्र नं १ का सभासद किरणकुमार राई, प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, स्थानीय विकास अधिकारी प्रेमप्रसाद भटराईलगायतको उपस्थिति रहेको थियो ।
घोषणासभा अघि विभिन्न संघसंस्थाहरुको सहभागितामा पञ्चेबाजासहितको बृहत र्यालीले धरान बजारको परिक्रमा गरेको थियो । कार्यक्रममा एक घर एक चर्पी अभियानमा सहयोग पुर्याउने संघसंस्थाहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...