
―गोविन्द भट्टराई
नेपालमा सबैभन्दा बढी लगानी भएका क्षेत्रमध्ये एचआइभी एड्स पनि हो, तैपनि प्रतिदिन ३० व्यक्ति संक्रमित हुने क्रम रोकिएको छैन। मेचीदेखि महाकालीसम्म, सुनौलीदेखि सोलुसम्म संक्रमितहरू भेटिन्छन्। स्वेच्छिक परामर्श र परीक्षणकेन्द्र खुल्दै गरेका समाचार आएका छन्। पत्रपत्रिकामा हरेकदिनजसो एचआइभी एड्ससँग जोडिएका समाचार, लेख प्रकाशित भइरहेका छन्। सयाँै संघसंस्थाको कार्यक्षेत्र एचआइभी एड्स हो र पनि संक्रमितहरू ढुक्क भएर समाजमा खुल्नसक्ने, उपलब्ध सेवा लिन सक्ने अवस्थाको सिर्जना भइसकेको भेटिन्न।
एचआइभी भनेको मानव प्रतिरक्षा शक्ति कमजोर गर्ने, आँखाले देख्न नसकिने विषाणु हो, जसले गर्दा संक्रमित व्यक्तिको शरीर पछि एड्सको अवस्थामा पुग्छ। हालसम्मको अध्ययनले मानवशरीरमा मात्र एचआइभी बाँच्ने तथा वृद्धि र विकास गर्नसक्ने कुरा पुष्टि भएको छ।
एचआइभी/एड्स सर्वप्रथम सन् १९८१ मा अमेरिकामा पत्ता लागेको थियो। भारतमा सन् १९८६ मा पहिलो केस फेला पर्योआ भने नेपालमा सन् १९८८ मा प्रथमपटक भेटिएको थियो। युएनएड्सका अनुसार, संसारमा ३ करेाड ३४ लाख बढी व्यक्ति एचआइभी एड्ससँगै बाँचिरहेका छन्। आधाजसो महिला छन्। नेपालमा ६४ हजार बढी एचआइभी संक्रमित भएको अनुमान गरिएको छ भने रक्तपरीक्षणपछि पहिचान भएकाको संख्या १६ हजार नाघेको छ। पहिचान भएकामध्ये एकतिहाइ महिला छन्।
बाबुराम (नाम परिवर्तन) एसएलसी पूरा गरेका युवा, एक छोराछोरीका बाबु हुन्। श्रीमतीले लोग्ने संक्रमित भएको थाहा पाएपछि सँगै बस्न मानिनन्। शान्तिका श्रीमान् एचआइभी/एड्स संक्रमणपछि थलिए। बिते। शान्तिलाई घरपरिवारले छोरो खाने बोक्सीको आरोप लगाएर निकाले। इज्जतका खातिर उनी मौन रहिन्। परिवारको जोरजुलुम सहिन्। कपिलवस्तुमा कान्ति (नाम फेरिएको) ले नागरिकताका लागि ससुराबाट सहमति नपाएपछि सक्रियको शरण परिन्। अर्घाखाँचीबाट बेलकुमारीले कपिलवस्तु झरेर जिउने बाटो खोज्नुपर्योा। पूर्वीपाल्पाकी लक्षिमाले एचआइभीका कारण श्रीमान् गुमाएपछि परिवारको विभेदको सामना गर्नुपरेको छ। एचआइभी/एड्स संक्रमित तथा प्रभावितहरूसँग जोडिएका जीवन्त घटना अरू पनि छन्। कतिका घरमा दैलो लागेको छ, एचआइभीका कारण। एचआइभीलाई भयानक अनि प्राणघातक रोग भन्ने संघसंस्था, ठूलाबडा र समाजका कारण आज पनि कतिपय एचआइभी संक्रमित तथा प्रभावित गुम्सिएर बाँच्नुपरेको छ।
हरि अर्याल ३० वर्षका भए, देख्दा खाइलाग्दो शरीर अनि हँसिलो अनुहार। आमयुवाका जस्ता सपना र रहर उनीभित्र छन्। उनको परिवार र आफन्त छन्। साथी छन्। मीठो बोली र मिजासिलो व्यवहारले एकपटक भेट भएको जोसुकै प्रभावित हुन पुग्छ, उनीबाट। कसैले झट्ट विश्वास गर्दैन कि उनी एचआइभी संक्रमित हुन्, तर सत्य त्यही हो। अर्थात् आजसम्म निको हुने उपचारको अभाव रहेको एचआइभी भाइरस उनको शरीरमा प्रवेश गरेको ६ वर्ष बढी भइसक्यो, हेर्दा लाग्छ उनी पटक्कै चिन्तित छैनन्। कपिलवस्तु, निग्लिहवाका हरि अर्याल एचआइभी संक्रमित भएर पनि घरपरिवार र समुदायबाट माया र सहयोग पाइरहेका छन्। कपिलवस्तुमा एचआइभी संक्रमित हुँ भनेर विश्व एड्स दिवस ०६२ को कार्यक्रममा सार्वजनिक भएका हरिजस्तै एचआइभी संक्रमितहरू अरू पनि छन्। तर, समस्या हरेकका फरक(फरक भेटिन्छ। पाल्पामा एचआइभीविरुद्ध डटेर समुदायमा सार्वजनिक भएका लक्ष्मी कुँवर, हुमीसरा सारु, हरि रतन परियारहरूले लुकेर बस्नुपर्ने अवस्थामा रहेका संक्रमितहरूलाई संगठित हुन र जीवनप्रति आशावादी हुन प्रेरणा दिएका छन्। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुद्वारा प्रकाशित रगत परीक्षणको नतिजाले ०६७ जेठसम्ममा १५९४५ नेपाली एचआइभी संक्रमित भएको पुष्टि गरेको छ। अनुमान पनि नजिक हुनुपर्ने( कहाँको ७० हजार( कहाँ १५ हजार? कसरी यति धेरै फरक? कहाँ हराए बीचका मान्छे? प्रश्न जन्मन्छ हरेकका मनमा। उत्तर के त? सहज छैन।
सबै संक्रमित राजीव का136ले, लक्ष्मी कुँवर, हुमीसरा, हरि बन्न सकिरहेका छैनन्, सक्दैनन् पनि। शिक्षा, सञ्चार, पहँुच, राजधानी र मोफसलको भेद, गरिबी, हेयभाव, भेदभाव, असमान सरकारी नीति र सहरकेन्द्रित सरकारी तथा गैरसरकारी कार्यक्रम आदि कारणले एचआइभी संक्रमितलाई पिरोलिरहेको छ। विभेद गरिरहेको छ। लगानीअनुसार नतिजा आउन सकिरहेको छैन। सबै ठाउँमा परामर्श तथा परीक्षण सेवा उपलब्ध छैन।
स्याङ्जाका लक्ष्मण खाँण ९ कक्षा पढ्दै गर्दा पढाइ छाडेर कामको खोजीमा भारत पुगे। एचआइभी संक्रमणको जोखिम व्यवहारपछि फर्किए। कुरा बुझे(व्यवहार परिवर्तन भयो, उनी आफूजस्ता साथीलाई संगठित गर्दै संकल्प सहयोग समूह निर्माणमा जुटे। अहिले हरेक महिना ५०(६० जना साथी भेला भएर छलफल गर्छन्। सुरुमा सक्रिय सेवा समाजले सहयोग गरेको थियो भने अहिले रेडक्रस, जिल्ला विकास समिति, नगर एड्स समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, वालिङ पिएचसीलगायत संघसंस्थाले सघाउन थालेको अध्यक्ष टुका रेग्मी बताउँछिन्। एनएपिएन र महिला महासंघले पनि सघाएको बताउँछिन्। एकल महिला र बालबालिकाको बढ्दो संख्याले चुनौती थपिएको संकल्पका सचिव लक्ष्मण खाँण बताउँछन्।
स्याङ्जामा संकल्पजस्तै पाल्पामा एचआइभी संक्रमित तथा प्रभावितहरूको सहयोगी संस्था प्रतिबद्ध सहयोग समूह दर्ता भएको छ। संस्थापक अध्यक्ष लक्ष्मी कुँवरका अनुसार, संगठित गर्न र स्वास्थ्य समस्यामा सहयोग गर्ने काममा मिसन अस्पताल, सक्रिय सेवा समाज र जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला विकास समिति, नेपाल परिवार नियोजन संघ पाल्पालगायतबाट सहयोग भइरहेको छ। वर्तमान अध्यक्ष हुमीसरा सारु सक्रिय सेवा समाजका गुन बिर्सन नसक्ने बताउँछिन्। मिसन अस्पतालले एआरभी र पिएमटिसिटी सेवा सञ्चालन गरेको छ। अहिले त केयरहोम समेत सञ्चालन भएको छ। कपिलवस्तुमा समर्पण सहयोग समूहमा सय बढी संक्रमित तथा प्रभावित आबद्ध रहेको अध्यक्ष कोपिला खाँण बताउँछिन्। बढी एकल महिला छन्। अर्घाखाँचीमा सन्देश सहयोग समूह गठन भएको अध्यक्ष पार्वती बञ्जाडेले बताइन्। रूपन्देहीमा आशाज्योति सहयोग समूह, आस्था, साकार, नवकिरण ल्पसलगायतका संक्रमितका संस्था क्रियाशील छन्। संक्रमितको संस्थाको संख्यात्मक वृद्धिभन्दा गुणात्मक विकास महत्त्वपूर्ण सवाल हो। सेवामा पहुँच र सवलीकरणका लागि संघसंस्था लागिपर्नुपर्नेमा संक्रमित लक्ष्मण खाँण जोड दिन्छन्।
सेवाको कुरा गर्दा एआरभी सेवन गर्नेको संख्या करिब ५ हजारको हाराहारीमा छ। सिडीफोर जाँच र एआरभी प्राप्त गर्नका लागि निश्चित ठाउँमा पुग्नुपर्ने अवस्थामा सुधार नआएसम्म दुर्गम पहाड र तराईका गाउँमा रहेका एचआइभी संक्रमितहरूको जीवनमा कुनै परिवर्तनको असर नपर्ने पक्का छ। छिटो(छिटो निर्देशक फेरबदल हुने निकायमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु पनि पर्छ। एउटा निर्देशकले बनाएको सोंच, योजना कार्यान्वयन नहुँदै निर्देशक अर्को आइपुग्ने परम्परा रहेसम्म कामले गति लिन सक्दैन।
बजेट एउटा पाटो हो। भएकै रकमलाई कसरी प्रभावकारी ढंगले सदुपयोग गर्ने र एचआइभी एड्ससम्बन्धी कार्यक्रममा सर्वसाधारणको पहुँच स्थापित गर्ने? मूल सवाल हो। प्रधानमन्त्री अध्यक्ष रहनेगरी बनेको संरचनाअनुसार गठित राष्ट्रिय एड्स परिषद्को बैठक कतिपटक बस्यो? के(के प्रतिबद्धता पूरा भए? ७५ जिल्लामा रहेका जिल्ला एड्स समन्वय समितिमध्ये ७(८ जिल्लाबाहेक अन्यत्र बैठक बस्न नसकेको अवस्थामा सुधार कहिले ल्याउने? सर्वसाधारण जनताको घरदैलोमा कार्यक्रम पुर्या८उन गाविस र नगरस्तरमा कहिले समन्वय समिति गठन गर्ने? गठित समितिलाई कसरी समायोजन गर्ने? सबै वर्ग, समूहलाई कसरी परिचालित गर्ने?
जनआस्था साप्ताहिकबाट

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...