नारी दिवसका बारेमा नेपाली नायीका के भन्छन् त ..........


८ मार्च अर्थात् आजको दिनमा अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहेका हामीले देशका सिनेमा क्षेत्र भित्र रहेका केहि नारीहरुको बिचार बुझ्ने जमर्को गर्यौं । नारी दिवसलाई लिएर के भन्छन् त यी नारीहरु, बुझौं ।

करिश्मा मानन्धर, नायिका
आजको दिन चैं बिशेषगरी नारीहरुले आफु के हुँ र समाजमा आफुले के गरिरहेको छु, भनेर केलाउने र चिन्तन गर्ने दिन जस्तो लाग्छ मलाई । अरुले आफुलाई कसरी हेर्छ भनेर सोच्नु भन्दा पनि आफुले के गरिरहेकी छु र एउटा नारी हुनुको दायित्व पुरा गरिरहेकी छु कि छैन, भन्ने कुरालाई लिएर बहस गर्नु आजको नारीको प्रमुख आवश्यकता हो । पहिलेको तुलनामा नेपालमा पनि नारीहरु माथि उठिसकेको मैले पाएको छु र मेरो आजको कार्यक्रमका बारेमा भन्नुपर्दा चैं धेरै महिला साथीहरुको कार्यक्रममा सहभागी हुन अनुरोध आएका थिए तर म मेरै कामले ब्यस्त रहें । बिशेष केहि छैन ।


निशा अधिकारी, नायिका
‘जसरी टिका लगाउनका लागि दशैं नै कुर्नु पर्ने जरुरी रहन्न’, त्यसैगरी नारीप्रतिको श्रद्धा र नारीलाई दिईने अवसरका निमित्त आजको दिन नै कुर्नु पर्छ भन्ने छैन । तै पनि हाम्रो समाज पितृ सतात्मक भएकाले आजको दिनलाई बिशेष महत्वका साथ हेर्ने गरेको छु मैले । आजको दिन पुरै जसो मेरो काम गरेर नै बित्नेछ । नेफ्टा फिल्म अवार्डको होष्ट गर्दैछु, त्यसका लागि आज एउटा मिटिङ्ग एटेन्ड गर्दैछु, अन्य कामहरु पनि छन् । बेलुकातिर केहि महिला साथीहरुसँग भेटघाटको कार्यक्रम बनाएको छु ।


रिमा बिश्वकर्मा, नायिका
नेपाली समाज पहिले भन्दा नारी प्रति हाल आएर सकारात्मक भएकै छ । पुरुषकै तुलनामा नारीहरु पनि अघि बढिरहेको उदाहरण थुप्रै भेट्न सकिन्छ । यति हुदाँ हुँदै पनि कतिपय क्षेत्रका नारीहरु अहिलेसम्म पनि दुःख र पिडाका बिच बाँचिरहेकै छन् । अब ती नारीहरुको हक र हितका निमित्त केहि गर्न नारी दिवस हामीले बर्षमा एक दिन मनाईरहेका छौं, जस्तो लाग्छ मलाई । मैले आफ्नो जीवनको प्रेरणादायी र आदर्श नारीका रुपमा मेरो ममिलाई लिएको छु र आज म साथीहरु संग भेटेर नारी दिवस मनाउने सुरमा छु ।


केकी अधिकारी, नायिका
बिश्वका धेरै देशहरुमा अझै पनि महिलालाई महत्व दिने गरिन्न । भन्नलाई त ‘नारी पुरुष बराबर हुन्’ भनिन्छ तर बास्तविकतामा त्यो भएको पाईन्न । यहि हिसाबका नारीलाई पछि पार्ने कार्यहरु समाजमा अझै पनि ब्याप्त छन् है, भनी झक्झक्याउनका निमित्त नारी दिवस संसार भर नै मनाईन्छ । आज फिल्म ‘आई एम सरी’को सुटिँग परेका कारणले मैले नारी दिवस बिशेष केहि पनि गर्न सकिन्, हैन भने यसअघिका बर्षहरुमा नारी दिवसको अवसर पारेर कलेजमा हुने बिभिन्न कार्यक्रमहरुमा म अनिवार्य रुपमा सहभागी हुन्थें ।


ऋचा शर्मा, नायिका
आज नारी दिवसको अवसर पारेर बिशेषगरी नेपाली नारीहरुलाई शभकामना दिन चाहन्छु र मेरो जीवनका आदर्श नारीहरु अनुराधा कोइराला र सपना प्रधान मल्लबाट सम्पुर्ण नेपाली नारहिरुले केहि सिक्नुपर्छ, जस्तो लाग्छ मलाई । नारीले चाहेको खण्डमा गर्न नसक्ने काम केहि पनि छैन भन्ने कुराको प्रमाण उहाँहरु हुनुहुन्छ । बन्दै गरेको संविधानबाट पनि नेपाली नारीहरुको हक र हितका निमित्त केहि कदमहरु चालिएला कि भन्ने आश छ मलाई र भाषण र बोलीमा मात्र हैन, बास्तविकतामा पनि नारीका निमित्त केहि हुनुपर्छ भनेर आवाज उठाउने दिनका रुपमा आजको दिनलाई मैले लिएको छु । आजको दिनमा मेरो बिशेष कार्यक्रम त केहि छैन । भोलिदेखि ‘हाइवे’को सुटिँग सुरु हुँदैछ, त्यसकै तयारीमा छु ।
Via Source:- Merocinema 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...