दुई वृद्धा सम्मानित


१ सय १ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज इलामको चुलाचुलीमा २ जना बृद्धाहरुलाई सम्मान गरिएको छ ।
चुलाचुली क्षेत्रका अब्यबस्थित बसोबासको समस्या समाधानका लागि लामो समयसम्म योगदान पुर्याउने चुलाचुली ६ कि मण्डलमाया राई र वडा नम्बर ३ कि रन्धता चापागाईलाई स्थानिय नारी दिवस कार्यान्वयन समितिले सम्मान गरेको हो । गाबिसको सहयोगमा भएको कार्याक्रममा उहाँहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । उहाँहरुले २०४१ पुसमा तत्कालिन पञ्चायती सरकारले चुलाचुली क्षेत्रका बासिन्दालाई पुनर्वासमा लाने घोषणा बिरुद्ध सोहि ठाउँमा स्थाई बसोबासका लागि आन्दोलन शुरु गर्नु भएको थियो । सो क्रममा झापाको दमकमा भएको आन्दोलनमा उहाँहरु घाईते हुनु भएको थियो । कार्यक्रम आयोजक समितिकी संयोजक रोमा परियारको अध्यक्षतमा भएको थियो । कार्यक्रमा गाबिस सचिब नारायणप्रसाद चँदारा, पूर्व गाबिस अध्यक्ष ओमनारायण खनाल, चुलाचुली सञ्चार क्लबका संयोजक छबिराज ढकाल तथा बिभिन्न दलका स्थानिय महिला नेतृहरुले बोल्नु भएको थियो ।@ purbeli times

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...