गोपाल काफ्ले
बिर्तामोड, ३० फागुन ।
नेकपा एमाले झापाले सुकुम्बासी समस्या समाधान आयोग झापाको गलत गतिविधि प्रति ध्यानाकृष्ट भएको जनाउँदै जनताका कामभन्दा पनि भूमिपतिहरुको दामसँग नजिकिएर गलत ढङ्गले निर्णय गरी जग्गा वितरणको काम भइरहेको तथ्यप्रति पार्टीकोे आपत्ती रहेको जनाएको छ ।
जिल्ला कार्यालयका सचिव कुन्दन भट्टराईले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरेर सुकुम्बासी समस्या मुलुकको अहम् महत्व राख्ने सवाल भएको र हरेक ब्यवस्थामा सुकुम्बासी समस्या राजनीतिको प्रमुख विषय बन्दै आएको सन्दर्भमा जनतामा परेको समस्याहरुको हल गर्ने भन्दा पनि कथित सुकुम्बासीका नामधारी भूमिपति र जमिन्दारहरुलाई नै एउटै परिवार भित्रका अलग–अलग नाममा जग्गा वितरण गर्ने सम्मको कार्यले वास्तविक सुकुम्बासीहरु अन्यायमा परेको जनाउनु भएको छ ।
विज्ञप्तीमा झापाको आयोगबाटसमेत सुकुम्बासी समस्या समाधानको नाममा भएका सबै खाले अराजक र भ्रष्ट गतिविधी र निर्णय प्रति हाम्रो पार्टी विरोध गर्दै भत्र्सना गर्दछ भनिएको छ । पार्टीले यस्तो अराजग गतिविधि बुझेर नै आयोगमा प्रतिनिधित्व गराइएका वेदराज रेग्मीलाई फिर्ता बोलाइएको पनि विज्ञप्तीमा उल्लेख छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...