हिन्दु धर्ममा विवाहलाई सोह्र संस्कार मध्येको एउटा महत्वपूर्ण संस्कार मानिन्छ । वि–वाह अर्थात् यसको शाब्दिक अर्थ विषेश रुपले उत्तरदायित्वको बहन गर्नु हुन आउँछ । पाणिग्रहण संस्कारलाई सामान्य रुपमा हिन्दु विवाहभनिन्छ । अन्य धर्ममा विवाह भनेको पति र पत्निका वीचमा एक किसिमको करार हुने गर्छ जसलाई विषेश परिस्थितिमा तोड्न पनि सकिन्छ तर हिन्दु विवाह पति र पत्नि वीच जन्म–जन्मान्तरको सम्बन्ध हुन्छ जसलाई कुनैपनिअवस्थामा तोड्न सकिन्न । अग्निको सातफेरा लिएर ध्रुवतारालाई साक्षी राखी दुई तन–मन तथा आत्मा एक पवित्र बन्धनमा बाँधिन्छन् । हिन्दु धर्ममा पति पत्निका वीच शारिरीक सम्बन्धभन्दा आत्मिक सम्बन्धलाई मान्यतादिईन्छ र यो सम्बन्धलाई अत्यन्तै पवित्र सम्बन्ध मानिएको छ ।
हिन्दु मान्यताका अनुसार मानव जीवनका चार आश्रम बम्हचर्य आश्रम, गृहस्थ आश्रम, सन्यास आश्रम तथा वानप्रस्थ आश्रममा विभाजन गरिएको छ र गृहस्थ आश्रमको लागि पाणिग्रहण संस्कार अर्थात् विवाह नितान्त आवश्यकछ । हिन्दु विवाहमा शारिरिक सम्बन्ध केवल बंशवृद्धिको उद्देश्यकालागि मात्र हुन्छ ।
यसकारण हाम्रो समाजले एकपटक विवाह गरेपछि पति र पत्नी जीवनभर साथै रहनु पर्ने कुरामा जोड दिएको छ र यो सम्बन्धलाई आदर्श सम्बन्धको संज्ञा दिएको छ । नेपाली समाज पुरुषप्रधान समाज भएकोले यो सम्बन्धलाईनिरन्तरता दिने क्रममा महिलाहरुले जस्तोसुकै मुल्य चुकाएरै पनि पालना गर्दै आएको पाइन्छ । समाजको परिधि र सामाजिक संरचना अनुसार हाम्रो समाजमा महिलाहरु स्वाभाविकरुपमा निश्चित दायरा, असल एबम् आदर्श पत्नीबनेर आफ्नो पतिको घर सम्हाल्नु पर्ने कर्तब्य र बाध्यात्मक परिस्थितिको कारणले कतिपय महिलाहरु आफ्ना मनका धेरै इच्छा गुम्स्याएर बस्नु परेको छ । पुरातनबादी सोचमा धेरै परिवर्तन आएको छ र हाल आएर महिलाहरु पनिपुरुष सरह भएका छन् । समाजमा केवल कर्तब्य पालन गर्न सिकाइएका महिलाहरु आज आफ्ना हक र अधिकारका कुराप्रति पनि सचेत छन्् । शैक्षिक एवं बौद्धिक धरातलले दशौँ तल्लामा छ । तर यति हुँदा हुँदा–हुँदै पनि आमसञ्चार, वैदेशिक रोजगार, सुचनाको दु्रत प्रशारण, पश्चिमेली संस्कृतिको नक्कल, जीवनलाई परिभाषा गर्ने वद्लिएको सोच, विकसित नयाँ संरचनाको समाज आदिको कारण हाल आएर यसको असर वैवाहिक सम्बन्धमा पनि परेकोदेखिन्छ । फलस्वरुप पति र पत्नीको सम्बन्धको विचमा ठूलो खाडल पर्नजान्छ र नतिजा सम्बन्ध विच्छेदसम्म हुनसक्छ । विवाहलाई हल्का र खालि खोक्रो आदर्शको आधारमा अपनाईनाले नै व्यवहारिक जीवनमा धेरै कठिनाईउत्पन्न हुनसक्छ । त्यस्तो अवस्थामा पति पत्नीको सम्बन्ध आदर्श सम्बन्ध –विवाह० नभई केवल एक सम्झौताको रुपमा देखा पर्छ । यहाँनेर विचार गर्नुपर्ने कुरा त के छ भने आदर्शता र व्यवहारमा आकाश पातालको फरक हुन्छ ।प्रेम विवाहमा प्रेम गरिरहेको समयमा आदर्शता धेरै हुन्छन्, प्रतिज्ञा र वाचाकसम धेरै हुन्छ र विवाहमा परिणत भएपछि त्यो कुराले व्यवहार खोज्छ त्यस्तो अवस्थामा धेरै जोडीहरुको अवस्था अनुकुल हुँदैन । सम्बन्धमा तुषारापातकोशुरुवात यस्तै कुराबाट नै हुनेगरेको पाइएको छ । अनि यस्तैकुराहरु झाँगिदै गएमा मानसिक र आत्मिक विचलन आउनसक्छ, यस्तो अवस्थामा सम्बन्धको अन्त्य हुने प्रवल सम्भावना हुनसक्छ ।
कुनै समय थियो, नारीहरुलाई एकपक्षीय रुपमा दबाईएर दासीको संज्ञा दिइन्थ्यो तर हाल त्यस्तो अवस्था छैन । नारीहरुमा चेतनाको स्तर बढेको छ । चेतना भएका कुनै पनि मानिस दबिएर बस्न चाहँदैनन् । स्वतन्त्र भएर बाँच्नेअधिकार हुँदा–हुँदै पनि परम्परागत र सृष्टिको नियम अनुसार बैवाहिक बन्धनमा बाँधिनु पर्छ । विवाहपछि सबै राम्रो वा सबै नराम्रो हुँदैन । एक आपसमा भएको समझदारीले नै सम्बन्धको मार्ग बनाउँछ ।
सबैभन्दा मुख्य कुरा आजभोली द्रुत गतिमा समाज बद्लिँदो छ र बैवाहिक जीवनशैली पनि बद्लिँदो छ । यसरी मौसम परिवर्तन हुँदा हैँजा लाग्ने, ज्वरो आउने, सर्दी र विविध किसिमका प्रकोपहरु लागे झैँ अहिले बैवाहिक सम्बन्धमाधेरै मात्रामा चिसोपना उत्पन्न भएका कुराहरु सुनिन थालेको छ । कम उमेरमा विवाह हुनु, अन्तरजातीय विवाह, बेमेल र जबरजस्ती विवाह, उमेरको ठूलो अन्तर, श्रीमान वा श्रीमती लामो समयसम्म बैदेशिक रोजगार वा साथमा बस्नेपरिस्थिति नबन्नु, शैक्षिक अन्तर, आर्थिक विविधता, पारिवारिक वातावरण आदि कुराहरुले यसमा भूमिका खेलेको हुन्छ । मुख्यकुरा आजभोलीका युवाहरुले पश्चिमी संस्कृतिको नक्कल गर्दै साना साना कारणहरुमा पनि सम्बन्धकोअन्त्य गर्न थालेको पाइन्छ । विवाहजस्तो कुरालाई अन्त्यन्त हल्कारुपले सोच्नाले र वाह्यकुराको प्रभावले समेत गर्दा धेरैको वैवाहिक सम्बन्ध धरापमा परेको देखिन्छ ।
बैवाहिक सम्बन्ध विग्रिएका महिला तथा पुरुषहरुको मानसिक अवस्था अत्यन्त गम्भीर रहेको एक तथ्याङ्कले देखाउँछ । उनिहरुले आफूभन्दा सानालाई दिने सल्लाह नकरात्मक हुने र यसले समाजमा गहिरो असर दिने कुराविश्लेषकहरु बताउँछन् । यसकारण विवाहपूर्व वा विवाह पश्चात आफ्नो जीवनसाथीको विषयमा प¥याप्त जानकारी हुनु जरुरी हुन्छ । उडन्ते, हावा र बेफाँकका दार्शनीक कुराले सम्बन्ध झन् जटील बनाउँछ, झनै धेरै दरार पैदा गर्दछत्यसैले वास्तविकतासँग नजीक रही एक आपसमा प्रेम र सत्यकुराको प्रवाहले सम्बन्ध मजवुत हुने कुरामा कसैको दुईमत छैन



No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...