अनलाइन कम्प्युटर सेन्टरले आफ्नो स्थापनाको ११ औं वर्ष प्रवेश गरेको अवसरमा दुईदिने आईटी मेला आयोजना गर्ने भएको छ ।
बिहीबार (आज) सुरु हुने सो ‘अनलाइन आईटी मेला २०११’ मा पछिल्लो समयमा भित्रिएका सूचना प्रविधिका सामग्री प्रदर्शन गरिने कार्यक्रम संयोजक प्रदीप दाहालले जानकारी दिए । धरान–६ स्थित आफ्नै कार्यालयमा हुने सो मेलामा ल्यापटप, नोटबुक, प्रिन्टर, मोबाइल, डिजिटल क्यामेरालगायत्का सामग्री प्रदर्शनमा राखिने उनले बताए । साथै, मेलामा नेपालमै पहिलोपटक विधिवत्रुपमा बिक्री सुरु गरिएको ‘नर्मन एन्टीभाइरस’ विशेष छुटमा बिक्री गरिने आयोजकले जनाएको छ । सो एन्टीभाइसरको खरिदमा चार जीबीको पेन ड्राइभ पनि सित्तैमा दिइनेछ ।
मेलाको पूर्वसन्ध्यामा बुधबार सुनसरीका सञ्चारकर्मीका लागि नेपाली युनिकोड, ब्लग र ट्वीटरसम्बन्धी एकदिने अभिमुखीकरण कक्षा सञ्चालन गरिएको थियो । कार्यक्रम आदिवासी जनजाति पत्रकार संघ, सुनसरीले सहआयोजनामा भएको थियो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...