१९ फागुन, । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भटट्राईले अहिले नै भारतविरुद्ध आन्दोलन गर्न नहुने बताउनु भएको छ ।
भारतीय विस्तारवाद ‘प्रमुख शत्रु’ भएको भन्दै उहाँले आन्तरिक रुपमा बलियो नभए आन्दोलन गर्दा सफल नहुने बताउनु भयो ।
राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र पश्चिमाञ्चल क्षेत्रीय समन्वय समितिले बुधबार बुटवलमा गरेको अन्तक्रिर्यामा भट्टराईले आन्दोलन सफल पार्न चिनीयाँ पुँजीवाद वा अमेरिकी राम्राज्यवादमध्ये एकसँग मिल्नु पर्ने तर्क गर्नुभयो ।
‘हाम्रो देश अन्तरिकसँगै भारतीय विस्तारवाद, चिनीयाँ पुँजीवाद र अमेरिकी राम्राज्यवादको टकारवका कारण जोखिममा छ’ उहाँले भन्नुभयो-’यसबाट बच्न दलहरुबीच राष्ट्रिय स्वाधीनताका विषयमा साझा सहमति हुनु आवश्यक छ ।’
राष्ट्रियता भनेको एउटा दल विशेषको नभएको भन्दै उहाँले भारतलाई हेर्ने दुष्टिकोणमा सबै दलले साझा धारणा बनाउनु पर्ने बताउनुभयो ।
एक्ला-एक्लै बढ्दा प्राप्त उपलब्धीहरु गुम्न सक्ने भन्दै भट्टराइले संसदवादी-सुधारवादी दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
यसअघि रुपन्देहीको बाँसगढीमा युनिफाइड पव्लिक हस्पिटल एण्ड रिसर्च सेन्टरको उद्घाटन गर्दै भट्टराईले सरकार भिरको कुभिण्डो जस्तै भएको टिप्पणी गर्नु भएको थियो ।
शान्ति र संविधानका लागी सबै दल मिल्नुको विकल्प नरहेको भन्दै उहाँले वर्तमान सरकारलाई संयुक्त राष्ट्रिय सरकार बनाउने प्रयास भइरहेको बताउनु भयो ।@ Onlinekhabar


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...