पूर्वी मोरङका २ खोलाबाट विद्युत उत्पादनको तयारी


मोरङमा दुईवटा खोलाबाट बिजुली निकाल्नका लागि प्रारम्भिक कार्य सुरु भएको छ । उत्तरी मोरङको लेटाङ र भोगटेनी गाविस बीचमा पर्ने चिसाङ तथा पाटी गाउँ र सिंहदेवी गाविसको बीचमा पर्ने खदम खोलाबाट बिजुली निकाल्नका लागि प्रारम्भिक कार्य सुरु गरिएको हो ।
जिल्ला विकास समिति मोरङ वातावरण शाखाका अनुसार चिसाङ खोलाबाट जम्मा २५० किलोवाट र खदम खोलाबाट एक हजार किलोवाट सम्मको बिजुली निकाल्ने योजना रहेको छ । शाखाका अधिकृत गजेन्द्र मण्डलले चिसाङ खोलामा बिजुली निकाल्नका लागि साना जलबिद्युत् योजना अन्तर्गत सबै कार्य भइरहेको र खदम खोलाको सबै कार्य सम्पन्न भई बिजुली निकाल्नका लागि अनुमति पनि प्रदान भइसकेको जानकारी गराए ।
चिसाङ खोला काठमाडौँ घट्टेकुलोकी श्रीमती निशा उप्रेती खनाल र खदम खोला उर्लाबारी-४ मा रहेको अविरल हाइड्रोपावर कम्पनीका नाममा दर्ता रहेको छ । दुवै खोलाबाट अपेक्षित बिजुली निकाल्न सकिएमा उत्तरी मोरङका पहाडी गाविस मात्र नभएर छिमेकी जिल्ला धनकुटाका गाउँहरुमा समेत बिद्युत् बिस्तार गरी झलमल्ल बनाउन सकिने अधिकृत मण्डलले बताए । @ Purbeli Times


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...