चिकित्सकको लापर्वाहीका कारण महोत्तरीकी एक महिलाको ठूलो आन्द्रा निकाल्नु परेको छ । महोत्तरीको मटिहानीकी तृष्णा साहको दुई महिनाअघि शल्यक्रिया गर्दा जनकपुर अञ्चल अस्पतालका चिकित्सकले पेटमा २० सेन्टिमिटर लम्बाइ र चौडाइ भएको कपडा ‘ट्रेटा’ पेटमै छाडेपछि उनको ठूलो आन्द्रा निकाल्नु परेको हो । पुनः शल्यक्रिया गरेपछि उनको अवस्था चिन्ताजनक भएकोले हाल यहाँस्थित वीपी प्रतिष्ठानको स्त्री तथा प्रसुती रोग विभागअन्तर्गत एमआईसीयुमा उनको उपचार भइरहेको छ ।
जनकपुर अञ्चल अस्पालका चिकित्सक सुरेन्द्रकुमार कर्णले गत पुस २ गते शल्यक्रिया गरेको र उनले शल्यक्रिया गर्दा सो कपडा पेटमै छाडेको कारण समस्या देखा परेपछि प्रतिष्ठानमा तीनपटक जाँच गरेपछि बिहीबार राति शल्यक्रिया गरी कपडा तथा त्यसबाट खराब भएको ठूलो आन्द्रा निकालिएको पीडितका श्रीमान् उमेशकुमार साहले बताए ।उमेशले लापर्वाही गर्ने चिकित्सकलाई कारवाही तथा आपूmले क्षतिपूर्ति पाउनुपर्ने माग गरे । अस्पतालमा अस्थायीरुपमा कार्यरत् चिकित्सक कर्ण मेडिकल काउन्सिलमा समेत दर्ता नभएकाले उनलाई शल्यक्रिया गर्ने पूर्ण अधिकार नभए पनि शल्यक्रिया गरेको पीडितको भनाइ छ । सो अस्पतालमा गाइनोकोलोजिष्ट कल्पना बहार भए पनि उनकै नामवाट कर्णले शल्यक्रिया गर्ने गरेको बताइएको छ । यस सम्बन्धमा जनकपुर अञ्चल अस्पताल प्रमुख गौराहाङ मिश्र भने केही बोल्न चाहेनन् ।
@ Blast Times daily

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...