वाईसीएलको अराजकता महिला र नाबालकमाथि निर्घाट कुटपीट (फोटो फिचरसहित)

आमा र सानो बच्चा अस्पतालमा 
देबु बाँनिया
 बाहुनडाँगी २७ फाल्गनु मेचीनगर ११ की ३५ बर्षिय सीता राउतलाई २४ गते राती नारी दिवसकै दिन वाईसीएल मेचीनगर इन्चार्ज सञ्जय तामाङले निर्घात कुटपीट गरी गम्भिर घाईते बनाएका छन् । 
घरपारिवारको भएको सामान्य घरायसी झगडामा पीडितका सासू उमादेवी राउत र ससुरा जीतबहादुर राउतले सञ्जयलाई फोन गरेर बोलाएपछि एक्कासी टायरको पञ्जाले अन्धाधुन्ध कुटपिटबाट उनकी डेढ बर्षिय छोरी आईश्मा राउत पनि घाईते भएकी छिन् । सीताको छाती, ढाड र तीघ्रामा गम्भिर चोट लागेको छ भने नाबलकको ढाडमा चोट छ । 
घाईतेलाई उपचारको लागि मेची आम्दा मा मा राखिएको छ भने सीटीस्काईनको लागि चिकित्सकले  अञ्चल अस्पताल भद्रपुर लैजान सल्लाह दिएका छन् । तर घरपरिवारले उपचारमा सहयोग नगर्दा उपचार कठिन भएको छ । उनको उपचारको लागि स्थानियवासीले रकम संकलनलाई तिव्र पारेका छन् । 
पीडित महिलाका श्रीमान् गंगा राउत विगत ३ वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन् । विगत ९ महिनादेखि उनी सम्पर्कविहिन भएकाले भएका आर्थिक स्रोतको अभाव भएको हो । 
यसरी कानून आफ्नो हातमा लिएर महिलामाथि कुटपिट गर्ने वाईसीएल इन्चार्ज सञ्जय तामाङलाई गाउँमा भएका महिला सञ्जालहरुले भेला गरी उपस्थित गराउँदा आफूबाट गल्ति भएको स्वीकार गर्दै आईन्दा यस्तो कार्य नगर्ने र उपचारमा लागेको रकम सबै आफैले व्योहोर्ने सम्झौता भएको थियो । प्रहरीले पनि वाईसीएल इन्चार्ज भएकै कारणले प्रक्रन सकेको छैन भने उनलै पनि सम्झौता अनुसार पैसा दिएका छैनन्् ।
 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...