'जम्मरकट्टेल नोकरशाही प्रवृतिका'
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर मजदुरहरुले छुट्टै संगठन बनाएका छन् । यससँगै माओवादी मजदुर संगठन औपचारिकरुपमा तीन चिरा भएको छ ।
अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र उपाध्यक्ष मोहन वैद्य पक्षधरले एक अर्कोलाई कारवाही गरेको भन्दै छुट्टै-छुट्टै मजदुर संगठनको घोषणा गरेपछि अर्का उपाध्यक्ष भट्टराई समुहले शुक्रबार राजधानीमा भेला गरी छुट्टै समुह गठन गरेको छ । संगठनमा देखिएको विभाजन रोक्न दबाब अभियान सञ्चालनका लागि भन्दै भट्टराई सुमहले लालध्वज नेम्वाङको संयोजकत्वमा १७५ सदस्यीय कार्यसमिति गठन गरेका छन् । भट्टराई समुहले आफुहरुले छुट्टै संगठन खोलेको नभई एकताका लागि दबाब अभियान सञ्चलन गर्न मात्र कार्यसमिति बनाएको दावी गरेको छ ।‘झट्ट हेर्दा छुट्टै संगठन खोजेको जस्तो देखिएपनि वास्तवमा हाम्रो उदेश्य त्यस्तो होइन’ भेलापछि अनलाइनखबरसँग कुरासँगै संयोजक नेम्वाङले भने-एकताका लागि दबाब अभियान सञ्चालनका लागि मात्र हो ।’ मजदुर संगठनको नेतृत्व (शालिकराम जम्मरकट्टे)को नोकरशाही र एकमनावादी प्रवृतिका कारण संगठनमा फुट आएको निष्कर्ष भेलाले निकालेको छ ।
भेलाले आफ्नै नियमावली पारित गरेको छ भने शालिकराम जम्मेरकट्टल र वद्री वजगाईको नेतृत्वमा रहेको दुबै समुह विघटनको माग गरेको छ । पार्टी नेतृत्वले शालिकराम जम्मरकट्टेलको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेकोप्रति असहमति जनाउँदै भेलाले आफुहरुलाई त्यो मान्य नहुने बताएको छ । ‘जसका कारण समस्या आएको उसकै नेतृत्वमा माहाधिवेशन आयोजक समिति गठन गर्ने कुरा स्वीकार्य हुँदैन । अरु जो कोही पनि हुन्छ ।’
नयाँबजारस्थित एक पार्टी प्यालेसमा भएको भेलामा पार्टी उपाध्यक्ष भट्टराईलाई प्रमुख अतिथी बनाइएको थियो । भेलामा देशधरका गरी ६५० भन्दा बढीको सहभागिता थियो । भट्टराई निकटको नेतृत्व गरेका नेम्वाङ अखिल नेपाल टे्रड युनियन महासंघका उपमहासचिव हुन् भने सचिव रमेश पन्त पनि नेम्वाङ समुहमा छन् ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...