प्रकाश पौडेल
बिर्तामोड– नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको नेपालकै ठूलो मेगा रियालटी शो खोजी प्रतिभाको अन्तिम चारमा झापाका एक प्रतिस्धर्पी छानिएका छिन् । झन्डै डेढ वर्षअघि सुरु भएको प्रतियोगितामा देशभरका १६ सय गायन प्रतियागीलाई पाखा लगाउँदै झापा मेचीनगरका उत्तमजंङ लिम्बूले फाइनलको यात्रा तय गरेका हुन् । ७५ वटै जिल्लाका प्रतिस्पर्धीमध्ये उनी फाइनलका लागि चुनिएका छन् ।
आगामी चैत १ गते हुने फाइनल अडिसनका लागि यी झापालीले अत्यधिक भोट दिएर आफूलाई उत्कृष्टमा छनोट गर्न आग्रह गरेका छन् । म फाइनलसम्म पुग्नु नै पूर्वको गौरव हो, उनी भन्छन्, मलाई भोट दिएर पुरस्कृत हुने मौका दिनुहोला
लिम्बूलाई भोट गर्न KPS Space 16 टाइप गरी 3264 मा म्यासज पठाउनुपर्नेछ । भोटिङ लाईन खुलिसकेको छ । चैत १ गते नेपाली समय साँझ ५ बजेदेखि हुने प्रत्यक्ष प्रशारण अवधिभसम्म भोटिङ गर्न सकिनेछ । उनीसँगै अनय तीन प्रतिस्पर्धीहरु पनि कडा मेहनतका साथ मैदानमा उत्रिएका छन् । जसमा पूर्वाञ्चलकै प्रतिनिधित्व गर्ने अर्का प्रतिस्पर्धी पाँचथरका जगतराना मगर पनि हुन् । मगरलाई भोट गर्न KPS Space 08 टाइप गरी 3264 मा म्यासज पठाउनुपर्नेछ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...