विमर्श उप्रेती/ काँकरभिटा (झापा)
झापाको काँकरभिटामा नयाँ नेपाल निर्माणमा ख्रीष्टीयन प्रतिवद्धता विषयक दुई दिने कार्यशाला गोष्ठी बुधबारबाट सुरु भएको छ ।
झापा जिल्ला ईसाइ समाजको आयोजनामा सञ्चालीत सो गोष्ठीमा जिल्लाभरी रहेका ३९ वटा ईसाइ चर्चहरुबाट ४७ जना ईसाइ धर्मावलम्बीहरुको सहभागीता रहेको छ । बिहीबार सम्पन्न हुने उक्त गोष्ठीका सहभागीहरुबीच नयाँ नेपाल निमाण गर्ने सन्दर्भमा बृहत छलफलको माध्यमबाट सुझाव संकलन गर्ने आयोजकले जनाएको छ । अन्र्तक्रिया बाट प्राप्त उपयुक्त सुझाव मध्ये प्राथमिकताको आधारमा परेका ५ वटा महत्वपूर्ण बुँदालाई समाजको क्षेत्रीय समिति हँदै केन्द्रीय समितिमा पुर्याई आवश्यक परिमार्जन गरेर नयाँ नेपाल निर्माणको सवाललाई समेट्दै ईसाई समाज केन्द्रीय समितिको एउटा दस्तावेज तयार पारी सरकारलाई बुझाउने योजना भईरहेको समाजले जनाएको छ । गोष्ठीमा सहजकर्ताद्धय पास्टर रमेश गुरुगं र थीर केसीले सहजिकरण गरिरहनुभएको छ ।
समाजका जिल्ला अध्यक्ष रमेश गुरुगंको सभापतित्वमा आयोजित सो कार्यक्रमको सञ्चालन सचिव भिक्टोर सुनुवारले गर्नूभएको थियो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...