एकै मण्डपमा चार छोरीको व्रतवन्ध

पहेंले वस्त्रसहितको ब्रतवन्धको भेषमा चार युवतीहरु देखिए । पुरोहितले मन्त्र उच्चारण गरिरहेका थिए । दृष्य थियो झापा दमकको पशुपति मन्दीरको । हो, झापा दमक-१३ का ४ दिदीबहिनीहरुले आज सामुहिक रुपमा ब्रतबन्ध गरेका छन् ।


२० बर्षीया नबिना कोइराला, १८ बर्षीया सबिना, १५ बर्षीया एलिना र १०बर्षीया सलिनाले एकै मण्डपमा ब्रतबन्ध गरेका हुन् । एमबीबीएस अध्ययनरत नबिना, भेटनरी अध्ययनरत सबिना र आइएस्सी अध्यययनरत एलिनाले सँस्कारलाई चुनौती दिँदै छोराहरुले गर्ने कर्म गरेका हुन् ।
आमा हरीकुमारी कोइरालाले अनुसार छोरा र छोरीको बिभेद हटाउन कर्म गरिदिएको बताइन् । उनले भनिन् – पितृको श्राद्ध गर्नका लागि छोरीलाई पनि बाटो खुलेको छ ।


पुरोहित मोतिखर भट्टराईका अनुसार छोरालाई गरिने सबै कर्म पूरा गरि ब्रतबन्ध गरिएको हो । उनले भने – शास्त्रमा कहिँ कतै छोरीहरुलाई ब्रतबन्ध गर्न नहुने कुरा लेखिएको छैन ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...