सुख्खा बन्दरगाहमा एकद्वार नीति लागू भएन


काँकडभिट्टा–  सुख्खा वन्दरगाह संचालन भएको ६ महिना वितिसक्दा पनि एकद्धार निती लागु हुन सकेको छैन । व्यवसायीलाई एकैथलोवाट सेवा सुविधा उपलव्ध गराउने भनिएपनि महंगो भाडा दरको कारण देखाउदै भन्सार सम्वद्ध निकाय तथा संस्थाहरु वन्दरगाहमातहतमा आउन नसक्दा एकद्धार निती ओझेल परेको हो । 
सुख्खा बन्दरगाहको लागि बनाइएको आधुनिक भवन । तस्विर सौजन्य पर्वत पोर्तेल/ इकान्तिपुरबाट

वन्दरगाहमा भन्सार, पारवहान, वैक, खाद्य, पशु र प्लान्ट क्वारेन्टाइन चेक पोष्टहरु तथा भन्सार एजेण्टहरु वस्ने बताइएको छ । तर, भन्सार र पारवहानवाहेक अन्य संस्था आउन सकेका छैनन । ‘पहिला भाडा महंगो भयो भने’, मेची सुख्खा वन्दरगाहका प्रमुख हेमेन्द्रमोहन शाहीले भने,‘भाडा दर घटाइदियौ तर पनि कोही आएका छैनन ।’ उनका अनुसार पहिला भाडा दर  ७ सय ३२ रुपैया स्क्वायर मिटर थियो । अहिले करिव आधा अर्थात ३ सय ७५ रुपैया स्क्वायर मिटर भाडा तोकिएको छ । यो वाहिरको तुलनामा थोरै वढी हो । शाहीले भन्सार एजेण्डहरुलाई भाडा घटाएको जानकारीसहितको निमन्त्रणपत्र पठाइएको बताए । उनले अन्य वन्दरगाहकै दर यहा पनि लागु गरिएको तर, कोही नआएपछि घटाउन वाध्य भएको जानकारी दिए । शाहीका अनुसार व्यवसायीको अनुरोधका कारण धर्मकाटा तथा  पार्किङ शुल्क पनि घटाएको छ । एउटा मालवहाक ट्रक तौल गरेवापत १ सय ४६ रुपैया ४१ पैसा असुल्दै आएकोमा घटाएर ८० रुपैयामा झारिएको छ । पार्किङ शुल्कमा पनि सहुलियत प्रदान गरिएको जनाइएको छ । 
वाणिज्य तथा आपुर्ति मन्त्रालय मातहतको इन्टरमोडल डेभलोपमेन्ट यातायात विकास समितिले हाल ‘स्टप ग्याप एरेजमेन्ट’ को रुपमा वन्दरगाह  संचालनको जिम्मा लिएको हो । निर्माण सकिएपछि निजी क्षेत्रवाट यसको संचालन गरिने प्रावधान रहेतापनि निजी कम्पनीहरुको अनिच्छाका कारण विकास समिति आफैले यो संचालन गरेको हो ।  वन्दरगाह संचालनका लागि  दुई पटकसम्म वोलपत्र आव्हान गरिएको थियो । 
एसियाली विकास वैकको करिव ३४ करोडको लागतमा यो निर्माण भएको वन्दरगाह वैकको ऋण भुक्तान गर्नु पर्ने वाध्यताका कारण सरकार आफैले संचालन गरेको हो । 

पेसेन्जर क्लियरिङ विल्डिङ प्रयोगहीन
वन्दरगाहसंगै निर्मित भन्सारमातहतको पेसेन्जर क्लियरिङ विल्डिङको लेआउट डिजाइन गलत भएपछि समस्या पैदा भएको छ । भारतीय वाटो हुदै भित्र्ने पर्यटक तथा यात्री विल्डिङ छिरेर सोझै पुर्व पश्चिम राजमार्गका निस्कने ढाचाको डिजाइन गरिएपनि भवन निर्माण भइसक्दा गलत रुपमा निर्माण भएको  पाइएको छ । यहावाट छिरेपछि वाहुनडागी रोड सोझै जोडिने छ । 
यो भवनमा अध्यागमन कार्यालय वस्ने भनिएको छ । तर, विभागवाट औपचारिक पत्राचार नआएका कारण अध्यागमन पनि भवनमा सरेको छैन । ‘विभागको औपचारिक पत्राचार पर्खिरहेका छौ’, अध्यागमन कार्यालयका प्रमुख खेमराज खनालले भने,‘त्यसपछि मात्रै जाने नजाने निर्णय लिन्छौ ।’

समाचार स्रोत  :– झापा पोष्ट दैनिक

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...