गठबन्धन सरकारले संबिधान बनाउँदैन– नेम्बाङ्ग


नेपाली कांग्रेसका केन्द्रिय सदस्य नरेन्द्र बिक्रम नेम्बाङ्गले नेकपा एमाले र माओबादीबीचको गठबन्धन सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन र संबिधान बनाउन नसक्ने ठोकुवा गर्नु भएको छ । 
बिहिबार झापाको पूर्विउत्तर गाबिस बाहुण्डा“गीमा आयोजना गरिएको नेपाली काग्रेसका शिखर पुरुष तथा सभापति गिरिजाप्रसाद कोइरालाको स्मृति सभा र सन्त नेता कृष्णप्रसाद भट्टराईको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उक्त कुराको ठोकुवा गर्नु भएको हो । एमाले र माओबादीको सरकारलाई केटाकेटीको खेलको संज्ञा दिदंै भन्नुभयो यो सरकारले नत शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउछ नत सबिधान नै बेलामा बनाउन सक्छन । एउटा सिमित कोठाभित्र रहेर गरेको सातबुंदे समजदारी शान्ति प्रक्रियालाई निष्र्कर्षमा पु¥याउने १२ बुंदे समजदारीलाई खारेज गर्न लागेको उ“हाले आरोप लगाउनु भयो । केन्द्रिय सदस्य नेम्बाङ्गले युग पुरुष गिरिजाप्रसाद कोइरालाई सम्झदैं भन्नुभयो सभापति काइरालाको निधनले नेपाली कांग्रेस पार्टीले मात्र होइन सिङ्गो देशले एउटा अभिभावक गुमाएको छ भने सन्त नेता कृष्णप्रसाद भट्टराईबाट अबका यो देशका नेताले पाठ सिक्नु पर्ने बताउनु भयो । 
  नेपाली कांग्रेस बाहुण्डागी समितिको आयोजनामा भएको उक्त कार्यक्रममा महासमिति सदस्य डिल्ली सिटौला, प्रेम राई, अशोक पोखरेल, नेवि संघका केन्द्रिय सदस्य रानु पसाई, आरआर क्याम्पसका इकाइृ सभापति दिनेश थपलिया लगायतले  सन्त नेता भट्टराई आर्थिक प्रलोभनमा होइन सधै देश र जनाका निम्ति आफ्नो जीवनलाई आहुती दिन पछि नपरेको र कोइरालाले देखाएको बाटोमा हामीले हिड्न सिक्नु पर्ने बताउनु भएको थियो । 
   पार्टीका गाबिस सभापति ढुण्डीराज पौड्यालको सभापतित्वमा संम्पन्न कार्यक्रमको स्वागत जिल्ला सदस्य निरज घिमिरे र संचालन निरज साम्पाङ राईले गर्नुभएको थियो । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...