धनकुटा/ यस वर्षको एसएलसी परीक्षामा पूर्वाञ्चलबाट एक लाख ९ हजार २ सय १६ विद्यार्थी सहभागी हुने जानकारी धनकुटास्थित क्षेत्रीय शिक्षा निर्देशनालयले गराएको छ ।
![]() |
| एलएलसी परीक्षामा सहभागी भएका झापाका खुल्ला कक्षाका विद्यार्थीहरु । |
क्षेशिनिका अनुसार आगामी बिहीबार सुरु हुने परीक्षामा नियमिततर्फ ९४ हजार, ५ सय ७३ र एक्जाम्टेडतर्फ १४ हजार ६ सय ४३ परीक्षार्थी सामेल हुँदैछन् । उल्लेखित संख्या अघिल्लो वर्षको तुलनामा नियमिततर्फ ४ हजारले कमि हो भने एक्जाम्टेडतर्फ ६ हजार विद्यार्थी बढी सहभागी हुने भएका छन् ।
यसपटकको एसएलसी परीक्षामा पूर्वाञ्चलको १६ जिल्लामध्ये सबैभन्दा बढी मोरङबाट १५ हजार ८ सय ६ र सबैभन्दा कम हिमाली जिल्ला सोलुखुम्बूबाट १८ सय १६ जना परीक्षार्थी सामेल हुँदैछन् ।
यसैगरी धनकुटाबाट नियमित र एक्जाम्टेड गरी ३९ सय २७ जना परीक्षार्थी सहभागी हुँदैछन् भने नियमिततर्फ २७ सय ९३ र एक्जाम्टेडतर्फ ११ सय ३४ जना सहभागी हुने मङ्गलबार जिल्ला शिक्षा कार्यालय धनकुटामा एसएलसी परीक्षा तयारीको लागि आयोजित सर्वपक्षीय भेलामा जानकारी गराइएको छ ।
उता क्षेशिनिले दिएको जानकारीअनुसार झापाबाट १२ हजार ९ सय ५, सुनसरीबाट १२ हजार ८५, सिराहाबाट ७७ सय ५१, सप्तरीबाट ७ हजार ९८, उदयपुरबाट ६५ सय ५०, इलामबाट ५ हजार ६५, खोटाङबाट ४७ सय १८, पाँचथरबाट ४३ सय ५०, भोजपुरबाट ३२ सय ४२ परीक्षार्थी सामेल हुँदैछन् ।
यसैगरी ताप्लेजुङबाट ३१ सय १४, ओखलढुङ्गाबाट २८ सय, सङ्खुवासभाबाट २५ सय ५९ र तेह्रथुमबाट २२ सय २१ सहभागी हुने पूर्वाञ्चल क्षेशिनिको परीक्षा शाखाका अधिकृत रामबहादुर थापाले जनाए । यसैगरी शाखा अधिकृत थापाले दिएको जानकारीअनुसार पूर्वाञ्चलको झापाबाट एक्जाम्टेडतर्फ ३२ सय ३५ र सबैभन्दा कम पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट १ सय १४ जना परीक्षार्थी सहभागी हुनेभएका छन् ।
Via Source:- Blast Times daily


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...