![]() |
| प्रकाश पौडेल |
तपाईले सम्मान कुन बेला पाउनुहुन्छ ? राष्ट्र वा जनताको लागि केही नौलो काम गर्नुभएको छ भने त्यतिखेर सम्मानित गरिन्छ । तर अहिलेको परिप्रेक्षमा सम्मानलाई पैसासँग दाँजिएर हेरिएको छ । झापामा पैसा हुने र पैसा चाहिनेबीचको खेलले पैसा दिएकै भरमा समाजसेवी बन्न सकिने अवस्था दिनानुदिन विकास भैरहेको छ । यही मौकाको फाईदा उठाएर पैसा तिरेर सम्मान किन्नेहरुको अहिले समाजमा निकै चहलपहल छ ।
उठाउन खोजिएको प्रसंगले दान गर्नेहरुको विरोध भने गर्न खोजेको पक्कै होईन् । तैपनि समाजसेवीहरुको परिभाषा गहिरो रुपमा बुझ्न खोजेको मात्र हो । चल अचल सम्पती कसैलाई दिदैमा पक्कै पनि कोही व्यक्ति समाजसेवी बन्न सक्दैन । तर यहाँ त पैसा तिरेरै समाजसेवी बन्न पाईन्छ । कस्तो विडम्वना !! :P अनि तिनै पैसाले किनेर आफूलाई समाजसेवी बन्नेहरुकै झापाबाट प्रकाशित हुने छापा माध्यममा पनि ठूला ठूला तस्विर सहित उनले त्यति लाख दिए, उनले त्यती विगाहा जग्गा दिए भनेर सम्प्रेषण भएका समाचारहरुको प्रमुख समाचारको स्थान ओगटीरहेका छन् । जसले बढी पैसा दिन्छ त्यो महासमाजसेवी बन्न थालेको घटनाले समाजसेवा र समाजसेवीको परिभाषा नै फेरिदिएको छ ।
अनि तिनै पैसाले किनेर आफूलाई समाजसेवी बन्नेहरुकै झापाबाट प्रकाशित हुने छापा माध्यममा पनि ठूला ठूला तस्विर सहित उनले त्यति लाख दिए, उनले त्यती विगाहा जग्गा दिए भनेर सम्प्रेषण भएका समाचारहरुको प्रमुख समाचारको स्थान ओगटीरहेका छन् ।
त्यति मात्र होईन आफ्नो संस्था, विद्यालय वा मन्दिर निर्माण अथवा जुनसुकै संस्थालाई पनि एउटै विकल्प बनेको छ पुराण । पुराण लगायो अनि पुराणको लागि यदि दान दिएँ भनेर दानवीर कहलाउने, कहलिएका दानवीरलाई, फूलमाला र अविरका साथै रथयात्रा गरेर विभिन्न बजार घुमाउने चलनले समाजसेवीको परिभाषा नै बदलिदिएको छ । पछिल्लो घटनाक्रमलाई केलाएर हेर्दा आफूलाई समाजसेवी एवम् दानविर बनाउन पैसा यति उति दिन्छु भन्ने अनि सम्मान पाएपछि नदिने घटना पनि समाचारमा नआएका हैनन् । सम्मान भनेको पैसाले किन्न सक्ने कुरा होईन । यसरी सम्मान पाएर दानविर कहलाउनेहरु १?२ दिन त सम्मानित भएँ भनेर छाति फुलाएर हिडे पनि उनिहरुलाई केही समयपछि कसैले चिन्दैन अनि गन्दैन पनि । उनिहरु पहिला जुन ठाउँमा थिए त्यही ठाउँमा नै रहिरहन्छन् । नेपाली समाजमा हेर्ने हो भने अलिक बढी धन, दौलत हुनेहरु समाजसेवी बनेर कहलिएका छन् । कुनै संस्थालाई केही रकम दान गर्दैमा त्यो मानिस समाजसेवी हुन सक्तैन । यसरी सरसर्ती हेर्दा पैसा हुने मानिस मात्र समाजसेवी भनेर नेपाली समाजमा कहलिएका छन् तर एक गरिव मानिस जसले आफ्नो निस्वार्थ भावनाले समाजमा सेवा गरिरहेको हुन्छ उ कहिल्यै पनि समाजसेवी बनेर सम्मानित पनि हुँदैन र गनिदैन पनि । यसरी धन, दौलत दान गरेर कहलाउनेहरु दीर्घकालिन रुपमा समाजसेवी बन्न कदापी सक्दैनन् । उनिहरु त सम्मान पाउनका लागि मात्र कुनै पुराण वा संस्थामा केही दौलत वा जग्गा दान गरेका हुन्छन् ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...