घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता

भद्रपुर २० फाल्गुन / नेपाल क्रिकेट संघ झापाले तयार गरेको मेची बहुमुखी क्याम्पसको क्रिकेट मेदानमा फाल्गुन २५ गतेदेखि चौथो विनेश स्मृति नकआउट क्रिकेट प्रतियोगिता संञ्चालन हुने भएको छ ।
प्रतियोगितामा टाटा क्रिकेट टीम जमसेदपुर, पटना क्रिकेट टीम बिहार, भागलपुर क्रिकेट टीम झारखण्ड र नेपालका सशस्त्र प्रहरी, भैरहवा तथा ओयाजक सहित छ वटा टीम सहभागी हुने भएका छन् । प्रसतियोगिता लिग कम नक आउटको आधारमा ५०÷५० ओभरको हुने भएको छ । बिजयी प्रथम टीमलाई ट्रफी र २५ हजार नगद प्रदान गरिने छ भने म्यान अफ दी म्याचलाई एक हजार प्रदान गरिने भएको छ । 
संघले मेची बहुमुखी क्यामपसँग वार्षिक रु २५ हजार रोयल्छी दिने शर्तमा २५ वर्षका लागि मैदान भाडामा लिएको हो । 
झापा पोष्ट दैनिकको सहयोगमा 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...