दमक फाल्गुन २० पानी वितरण भएको दुईवर्ष बितिसक्दा पनि फिल्टर जडान नहुँदा लखनपुरका स्थानीयवासी फलामयुक्र पानी पिउन बाधय छन् ।
लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २०६५ साल असोजबाट पानी वितरण गरे पनि फिल्टर जडान नगर्दा ५०१ घरधुरीका उपभोक्ता मर्कामा परेका हुन् ।
उपभोक्ताका अनुसार कपडा धुनका लागि राम्र्रै भए पनि ओयोजनाका पानी धमिलो भएर खाइनसक्नु छ । लखनपुर–५ का रमेश खरेलले भने–‘कहिलेकाँही त पानी पहेँलपुर भएर लेदोसहित आउँछ, त्यस्तो पानी कसरी खानु ?’
लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोजकुमार घिमिरे भने आफूले पटकपटक जिल्लादेखि केन्द्रसम्म पुगेर पहल गरेको र आगामी वर्षभित्र फिलटर जडान हुने आश्वासन पाएको बताउनुभयो ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले सके यसै वर्ष, नभए अर्को आर्थिक वर्षभित्र फिल्डन जडान हुने बताउको छ ।
कार्यालय प्रमुख जगन्नाथ पुर्बेका अनुसार लखनपुरको आयोजनाका लागि यस वर्ष १० लाख बजेट आएको र टेन्डर प्रक्रिया सुरु भएको छ । फिलटर जडानका लागि कम्तीमा रु ४० लाख लाग्ने हुनाले यस वर्षभित्र फिल्टर जडान कार्य पूरा नभए पनि सुरुआत भने हुने उहाँको बनाइृ छ ।
एक लाख पानी भण्डारन क्षमता भएको आयोजना रु दुई करोड ३९ लाख ७३ हजारको लागतमा सम्पन्न भएको थियो । वि.सं. २०५५ मा सुरु भएको आयोजनामा निर्माण सम्पन्न भएर सञ्चालन आएपछि गएको जेठ २२ गते उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...