प्रवासीले सुरुङ्गामा एम्बुलेनस सञ्चालन गर्ने

बिर्तामोड २० फाल्गुन/ प्रवासी झापाली सम्पर्क मञ्च नेपाल झापाले शुक्रबार (आज) देखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको भएको छ ।
समाजमा रही समाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले अप्रिल २००४ अर्थात २०६० साल चैत २७ गते स्थापना भएको मञ्चले फाल्ग्ुन २० गतेबाट औपचारिक रुपमा सेवा सञ्चालन गर्ने भएको हो । खाडी मुलुक कतारमा कार्यरत झापाली तथा गैर झापालीद्धारा संकलित रकमबाट एम्बुलेन्स खरिद गरिएको र सुरुङ्गामा कार्यालय राखी सेवा सञ्चालन गरिने मञ्चका अध्यक्ष प्रेमबहादुर गिरीले मेचीनगर अनलाईनलाई बताए । 
९ लाख ७५ हजारमा खरिद गरिएको एम्बुलेन्स सेवाको एक र्काक्रमका बीच प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रवासी झापाली सम्पर्क मञ्च नेपाल २०६६ साल असोज २६ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...