प्रकाश पौडेल
‘मोफलसमा रहेर चलचित्र निर्माण गर्नु त्यती सजिलो छैन, केन्द्रकै भरमा काम गर्नुपर्नेहुँदा आर्थिक लागत बढी हुन्छ ।’
![]() |
| चलचित्रका नायक सुवास मेचे र नायिक युना उप्रेती । |
मोफलसबाट अहिलेसम्मकै उच्च लगानीमा निर्माण सम्पन्न गरिएको नेपाली कथानाक चलचित्र सुनको विहानीका निर्माता ओमप्रकाश खापुङको भनाई हो यो । देशमा रोजगारीको कुनै सम्भावना नदेखेपछि केही पैसा कमाउने आशामा पाँच वर्ष अघि मलेसिया छिरेका उनले सोचेजस्तो न काम पाए न त पैसा नै ।
झापाको जलथलमा धनबहादुर खापुङ र आईतमाया लिम्बूको काखबाट २०३८ सालमा जन्मेका खापुङ अन्याय र अत्याचार सहन सक्तैनन् । भन्छन्–‘विर नेपालीहरु गुलामीको जीवन बाँच्नुपरेको छ मलेसियामा, न त त्यहाँ कामदारलाई भनेको बेला विदा मिल्छ, न त बिरामी हुँदा आराम नै, घामपानी नभनी काम गर्नुपर्छ । तर, मानवता कतै पाईदैन’ पानी बिनाको माछाजस्तै छटपटीरहेका नेपालीको समस्या बुझ्ने कोही पनि थिएनन् । छरिएर रहेका नेपालीलाई एकिकृत गर्ने र सम्पर्क स्थापित गराउने हेतुले उनी लगायत केही नेपाली मिली सन् २००५ डिसेम्बर ३ तारिकका दिन प्रवासी नेपाली एकता समाजको स्थापना गरे जसको अध्यक्षता खापुङलाई नै राखियो ।
"कुराकानीमा आधारित"
सामाजिक संस्था स्थापना गरेर दुःख पाईरहेका र समस्याको जन्जिरभित्र रुमलिएका नेपाली कामदारलाई सेवा सहयोग गर्दा नै उनको समय वित्यो । मलेसियामा कामदारको रुपमा पुगेका नेपालीहरुमा उनले २ किसिमको भिन्नता भेटे । उनि भन्छन् कोही २४सै घण्टा काम गर्दा पनि राहात नपाउने छन् भने कोही पैसा कमाएर बिलासितामा जीवन बिताउने । त्यही उनले देखेको कुरा र भोगेको अनुभवलाई समेटेर नेपाली कथानाक चलचित्र सुनको बिहानीको निर्माण गरिएको हो । निर्माता खापुङका अनुसार सुनको बिहानीमा विदेशिनुको पीडा, प्रवासी नेपालीको जीवन र प्रवासबाट फर्केपछि नेपालमा गरिएको उन्नती र प्रवासी नेपालीको देशप्रतिको मायालाई देखाउन खोजिएको छ । उनले मलेसियामा नै बसेर लेखिएको कथा जुन काल्पनिक नभई यथार्थ हो ।
संघिय लिम्बूवान राज्य परिषद झापाका उपाध्यक्ष समेत रहेका खापुङ आफ्नो चलचित्रको माग नेपालमा भन्दा पनि विदेशमा बढी रहेको बताउँछन् । कलाकारिता सँगसँगै राजनीति क्षेत्रमा समेत अगाडी रहेका उनी संघियताको बारेमा अलिक पृथक विचार व्यक्त गर्छन् । ‘हामी एउटा सुन्दर मूर्ति बनाउँदै छौं , त्यसलार्य पूर्णता दिन धेरै प्रयास गरियो, धेरै प्रणालीको प्रयास भए तर मूर्ति सुन्दर हुन सकेन्’ भन्छन् यो संघियताबाट नयाँ नेपालको नयाँ मूर्ति बनाउन सकिन्छ कि ?


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...