अनारमनी गाविस वडा नं. ७ मा अवस्थित विराटपोखर ऐतिहासिक पृष्टभूमिमा आधारित छ । विर्ताबजार दक्षिण सैनिकमोडदेखि चारपाने गा.वि.स. क्षेत्रको माथिल्लो भागसम्ममा रहेका करिब सातवटा पोखरी रहेको यो क्षेत्रलाई महाभारतकालीन कथासँग जोडेर स्थानीय बासिन्दाहरु विराटपोखर भन्ने गर्दछन ।
महाभारतकालीन राजा विराटका गाईवस्तुहरुलाई पानी खुवाउन यो पोखरीको निर्माण गरिएको हो भन्ने जनविश्वास रहेको छ । यो पोखरी विर्तामोडबाट ४ कि.मी. दक्षिणमा एक विगाहा क्षेत्रफलमा फैलिएको छ । यहाँ पुग्नको लागि विर्तामोडबाट बस, ट्याक्सी रिक्सा आदिमा चढेर जान सकिन्छ । यस पोखरीलाई ऐतिहासिक र धार्मिक पृष्टभूमिका अतिरिक्त पर्यावरणीय महत्वका दृष्टिकोणबाट समेत हेर्ने गरिएको पाईन्छ । यस स्थानमा माछापालन गरि नौका विहार गर्न सक्ने प्रचुर सम्भावना रहेको छ ।



No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...