आमाछोरीको हत्या, आफ्नैको हत्या


सुनसरी जिल्लाको मधेसा-९ मा गएराति आमाछोरीको विभत्स हत्या भएको छ । आज बिहानै छिमेकीले २४ वर्षीया आमा टीका पौडेल र तीन वर्षीया छोरी आशिका नउठेपछि खोजी गर्दा उनीहरू मृत फेला परेका थिए ।
आमालाई घरमा नै झुन्ड्याएर मारेको अवस्थामा र छोरीको टाउको हिलोमा गाडेको अवस्थामा मृत फेला पारिएको थियो । प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले घटनाको प्रकृति हेर्दा उनीहरूको हत्या भएको अनुमान गरिएको बताउनुभयो ।
घटनाको खबर पाएर त्यहाँ पुगेको प्रहरीले टीकाका श्रीमान् र कान्छी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको पनि प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
दुई श्रीमती भएका पौडेलकै कारणले उनीहरूको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...