बाह्रदशी (कंचनगढ)


झापा जिल्लाको डागीवारी गाविस वडा नं. ८ मा समुद्र सतहबाट लगभग ३०० मिटको उचाइमा अवस्थित अग्लो डाडाँको रमणीय फाँटमा कचनगढ अवस्थित छ कंचनगढ नजिकैको होचो भागमा चिया वगान र सालको जंगल पनि छ । कंचनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवं श्रीकृष्णको समेत मन्दिर रहेको छ । धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको कंचनगढ क्षेत्रमा प्रत्येक वर्ष शिवरात्री, बालाचर्तुदर्श मेला लाग्ने गरेका पाईन्छ । विभिन्न धार्मिक ग्रन्थहरुमा समेत व्यख्या गरिएको कंचनगढ क्षेत्रको विषेशगरी महाभारतको विराट पर्वमा, श्रीस्वस्थानी व्रतकथामा र । श्रीमद्भगवतको अष्टम स्कन्धमा चर्चा भएको पाइन्छ । समुद्र मन्थनको क्रममा भगवान शिवले हलाहल विषपान गरी मोहनी नाम गरेकी सुन्दरीसँग सम्भोग गरेपछि वीर्यपतन हुन जाँदा उक्र स्थानको निर्माण भएको र वीयपतन सँगसँगै सुनचाच्दी, हीरामोती आदि समेत पतन भएको किम्बदन्ती रहेको पाइन्छ ।
वि.सं. १९९० सालतिर एकजना साधु आफ्ना  दुई चेलाहरुसहित यस स्थानमा बस्न आउँदा यो स्थान जंगलमुलक थियो । यहाँ बसेपछि ती साधु कहिले बाघम चढी जंगलको सयर गर्ने त कहिले आफै बाघको रुप धारणा गर्ने सिद्धपुरुष भएको र निजले बसोबास गरेको स्थान भएको हुनाले यस स्थानलाई साधु कुटी समेत भन्ने गरिएको जनश्रुती रहेको पाईन्छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...