साधुटार (शंकराचार्य पीठ)

झापा जिल्लाका सुदुर उत्तरी गाविस खुदुनावारी गाविस वडा नं. १ मा रहेको साधुटार नेपालको प्रथम एवं एकमात्र शंकराचार्य पीठको रुपमा रहेको छ । सयौं वर्ष पहिलेदेखि नै साधुसन्तहरुले बसोबास गर्दै आएको यस साधुटारलाई एकजना खडेबाबा नामका साधुले संरक्षण गरेको हुनाले यस स्थानलाई साधुटार भन्ने गरिएको हो भन्ने भनाई रहेको पाईन्छ । साधुटारमा एउटा शिव मन्दिर समेत रहेको र मन्दिरलाई यज्ञ यज्ञेश्वर शिव समेत भनेर पुकारिने गरेको पाईन्छ । विश्वका समस्त हिन्दुहरको आस्थाको धरोहरको रुपमा रहेको साधुटार शंकराचार्य पीठ उत्तरपटी डाँडामा देवीथान समेत रहेको छ । देवीथानबाट धेरै वर्ष पहिलेदेखि सहस्रधारा बगिरहेको र अहिले सो धाराबाट खुदुनाबारी गाविस वडा नं. १ र २ तथा अर्जुनधारा गाविस वडा नं. ३ का बासिन्दाहरुलाई खानेपानीको आपुर्ति गरिएको पाइन्छ । खडेबाबाले दैनिक स्नान एवं ध्यान, जप गर्ने विश्वास गरिएको यस सहस्र धारालाई धार्मिक आस्थाका साथ हेर्ने गरिएको पाईन्छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...