भलिबल उपाधी पशुपतिको पोल्टामा


झापा जिल्लास्तरीय अन्तरविद्यालयस्तरीय भलिवल प्रतियोगितामा
 उपाधी चुमेपछि तस्विर खिचाँउदै पशुपति बोडिङ स्कूलका खेलाडीहरु ।

देवूँ बानियाँ । बाहुनडाँगी झापा 
एन प्याब्सन झापाको आयोजनामा सोमबारदेखि काँकडभिट्टास्थित सूर्योदय बोडिङ स्कूलमा जारी  जिल्लास्तरीय अन्तरविद्यालय भलिबलको उपाधी पशुपतिको बोडिङ स्कूलले हात पारेको छ । 
आज सम्पन्न फाईनल खेलमा ईष्ट होराईजन धुलाबारीलाई २५/१३, २५/१७, २५/२१ को सोझो सेटले हराएको छ । विजेता र उपविजेतालाई क्रमश २५ सय र १५ सय नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । 
उक्त प्रतियोतिमा १० ओटा विद्यालयको सहभागिता भएको थियो । 


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...