विविध कार्यक्रमबीच अन्र्राष्ट्रिय महिला दिवस सम्पन्न


देबु बाँनिया
धुलाबारी २४ फाल्गुन । झापाको मेचीनगर स्थित धुलाबारी परिसरमा हाजीरजवाफ, नृत्य, अन्तरक्रिया लगायतका कार्यक्रमका बीच १०१ औं अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ ।
वाडप्का नेपालले आयोजनामा धुलाबारीको पासाङ ल्वामु स्मृति प्रतिष्ठानमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । शान्ति, शक्ति, लोकतन्त्र संविधानसभामा महिला सञ्जाल विषयक कार्यक्राका वत्ताले महिला हक र अधिकार निम्ति महिलाले अबका दिनमा पछि पर्न नहुने बताएका छन् । चुलो चौकामा सीमित नभई राष्ट्र निमार्णमा अघि बढ्नु पर्ने उनीहरुको जोड थियो । मेची क्याम्पसकी पूर्व प्रमुख टीका प्याकुरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने सञ्चालन पुनम तामाङले गर्नु भएको थियो । एमालेका दीपक भण्डारी, एकल महिलाको तर्फबाट चन्द्रा कार्की, नेवा दि दबु का जिल्ला अध्यक्ष कृष्ण उदासी जसमाया मगर, पर्शुराम मगर, अमृतलाल श्रेष्ठ, शान्ता श्रेष्ठ लगायतले कार्यक्रममा आफ्नो धारण राखेका थिए । कार्यक्रम संयोजक गंगा श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । 
यसै गरी धुलाबारीकै अतिथि सदनमा वान नेपाल धुलाबारीले हाजीरजवाफ तथा नृत्य प्रतियोगिता गरेका थिए । मेचीनगरका सामुदायिक अधिकृत अनन्त प्रकाश वस्तीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आदर्श उच्च मावि प्रथम, शान्ति समाज दोस्रो, ऋद्धीसिद्धि महिला समाज हाजिरजवाफमा तेस्रो भएका थिए । गायीका कविता शर्माले स्वीकृती एल्बमको गीत  गाउनु भएको थियो भने छोरी स्वीकृती शर्माले नृत्य प्रस्तुत गरेकी थिईन् साथै शान्ति समाजको तर्फबाट पनि विभिन्न नृत्यहरु प्रस्तुत भएको थियो । मीरा पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा हरीचरण बानियाँ, साहित्यकार तेराख, समाजसेवी तेज प्रसाद चौलगाई, रेडक्रश कर्मी कुुशुम कोईराला, पत्रकार अम्बिका भण्डारी, संगीता कार्की लगायतले मन्तब्य राखेका थिए ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...