गाउँलेले मारे अर्ना


बाहुनडागी २४ फाल्गुन । झापाको पूर्वोतर गाविस बाहुनडाँगीमा मंगलबार विहान भेटिएको दुर्लभ बन्यजन्तु अर्नालाई स्थानीयबासीले कुटेर मारेका छन् । 
अन्दाजी ८ बर्षको अर्ना शान्तिनगरबाट आएको र भारततर्फ जाँदै गर्दा सो स्थानमा फेला परेको थियो । गाउलेले लखेट्न थालेपछि आफ्नो ज्यान बचाउन अर्नाले गाउलेलाई समेत लखेटेको थियो । गाउलेको कुटाईबाट अर्नाको पछाडिको दाडिने खुट्टा भाँचीएको र खेद्ने क्रममा बाहुनडागी २ स्थित आलडागी नजिकै रहेको बगानको खाडलमा अर्ना परेको थियो । दुई तीन सय जना स्थानीयबासीले खाडलमा परेको अर्नालाई भकाभक कुटेपछि अर्नाको मृत्यु भएको तिरङ प्रहरी चौकीका इन्चार्ज चण्डी बस्नेतले जानकारी दिनुभयो । मृतक अर्नाको शबलाई जिल्ला बन कार्यालयबाट आएको टोलीले खुर र खुट्टा प्रमाणको लगेको र अर्नालाई सोही स्थानमा गाडिएको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...