किच्चक बध


झापाको सदरमुकाम चन्द्रगढीबाट लगभग १ किलोमिटर पूर्व दक्षिणमा देवनिया र मेची नदीको किनारमा धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध पर्दछ ।
महाभारतकालिन कथामा आधारित किच्चकबधमा थुप्रै पुरातात्विक वस्तुहरु छन् । त्यहाँ एउटा षट्कोणको आकारमा रहेको आकर्षक पोखरी देखिन्छ । त्यसको छेउबाट मेची नदी, बगेकोछ भने त्यस वरिपरि रहेका देवी–देवताका मन्दिर तथा प्रतिमाहरुका कारणले किच्चकबध निकै आकर्शक पनि छ ।
महाभारत कालीन कथाको प्रसङ्गसँग जोडिएको किच्चकबध करिब १० विगाहा क्षेत्रफलमा पैmलिएको छ । यसको कथा भीमसेनले किच्चकलाई बध गरेको प्रसङ्गसँग जोडिन्छ । महाभारत कालीन एक कथा अनुसार विराट नामका राजा विराटनगरमा राज्य गर्थे, जसको किच्चक नामको सेनापति थियो । 
किच्चक विराटको सालो भए पनि शक्तिशाली तर दुराचारी पनि थियो । विराट राजाको दरवारमा पाण्डवहरु विभिन्न छद्म नामले गुप्तबास बस्ता किच्चकको कुदृष्टि द्रौपदी माथि परेछ । त्यस बाट द्रौपदीलाई जोगाउन पाँच पाण्डवमध्येका सबभन्दा बलशाली भीमसेन किच्चकसंग भिड्न कस्सिछन् र भिमसेनले किच्चकको बध गर्न उसलाई खेद्न थालेछन् । यसरी खेद्दै जाँदा अर्जुनधारा, विराटपोखर ब्ब्किच्चकबधमा पुग्दा भीमसेनले किच्चकको घाँटी थिचेर मारे छन् र त्यस स्थानलाई किच्चकबध भनियो भन्ने किंवदन्ती पाईन्छ । भीमसेनले किच्चकको बध गर्नासाथै सोही रगत पखाल्न उनले हानेको बाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भयो भन्ने किंवदन्ती समेत रहेको छ । त्यस नजिकै रहेको सो पोखरीमा नुहाएमा रोगब्याधबाट बच्न सकिन्छ भन्ने जनविश्वास समेत रहेको पाईन्छ ।
 पृथ्वीनगर–५ र महेशपुर–३ को सीमामा पर्ने धार्मिक स्थल किच्चकबध स्थानमा स्वस्थानी पूर्णिमाको दिन प्रत्येक वर्ष मेला लाग्ने गर्दछ । सो क्षेत्रमा अरुवेला भने त्यति धरै पर्यटकहरु पुग्दैनन् पर्यटककै सुविधाका लागि हाल सो क्षेत्रमा सार्वजनिक सौचालय, बिजुली बत्ति र खानेपानीको राम्रो ब्यवस्था गरिएको छ ।

किच्चकबध क्षेत्रमा पुरातात्विक उत्खनन गर्दा ८ कोठा भएको भवन फेला परेको र त्यसको तल्लो तहमा अर्काे छुट्टै भवनको आकृति समेत फेला परेको छ भने सबैभन्दा ठूलो कोठा २२ मिटर लामो छ । किच्चक वधको उत्खनन गर्दा दुई तहमा पुरातात्विक सामाग्री फेला परेको कारण त्यहा एउट सभ्यताको विनास पछि अर्काे सभ्यताको विकास भएको बताईन्छ । त्यस अघिको उत्खनन कार्यबाट सात मिटर अग्लो १२३ मि. लामो सुरक्षा पर्खाल सहित महत्वपुर्ण पुरातात्विक सामग्रीहरु फेला परेका थिए । यस आधारमा उक्त स्थान दुई हजार वर्ष पुरानो शुङ्गकुषाण मानिएको छ ।
किच्चकवध विकासको गुरुयोजना तयार गरी कार्य गर्नेहो भने सो क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थल बनाउन सकिने निश्चित छ । किच्चकबध उत्खनन्को प्रसंगलाई आधार बनाइ कृष्ण धरावासी द्वारा किच्चकबधको सेरोफेरोमा लेखिएको उपन्यास “राधा” ले मदन पुरस्कार पाइसकेको छ । जसले यसको पर्यटकीय महत्वलाई बढाएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...