कृष्णथुम्की


द्वापर युगमा भगवान श्री कृष्णले यस स्थानमा गाई चराएको हुनाले यस स्थानको नाम कृष्ण थुम्की रहन गएको किम्बदन्ती छ । झपा जिल्लाको बाहुण्डाँगी गाविस अन्तरगत पर्ने एक धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न सके जिल्लाकै विकासमा टेवा पुग्ने देखिन्छ ।
झापा जिल्लाको सुदुर उत्तर–पूर्वी गाविस बाहुण्डाँगी गाविस वडा नं. ७ मा मेची नदी र सिद्धी नदीको संगममा रहेको कृष्णथुम्की धामिृक एवं ऐतिहासीक दृष्टिकोणले अयन्तै महत्वपूर्ण छ । वरिपरि समथर जमिन रहेको स्थानमा भरेको पाथी जस्तो चुलिएर बसेको कृष्णथुम्कीलाई द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको ठाउँ भएको विश्वास गर्ने गरिन्छ ।
कृष्णथुम्कीमा एउटा चेप्टो ढुङ्गामा मानव र गाईको पद चिन्ह अंकित छ । कांकरभिट्टाबाट १३ कि.मी. उत्तरमा अवस्थित कृष्णथुम्कीमा कृष्णथुम्की र अन्य ५ वटा थुम्की समेत जम्मा ६ वटा थुम्कीहरु रहेका छन् । यहाँ रहेको कृष्णथुम्कीवाहेक अन्य ५ वटा थुम्कीहरुलाई पाँच पाण्डवको प्रतिकको रुपमा लिने गरिएको पाईन्छ । यी थुम्कीहरुबाट झापा जिल्लाको अधिकांश क्ष्ँेत्र र भारतको केही क्षेत्रको दृश्यावलोकन समेत गर्न सकन्छि । कृष्णथुम्कीमा मेचीनगर न.पा., बाहुण्डाँगी गाविस र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा झापा भ्यू टावर निर्माण गर्ने लक्ष्य रहेको समेत देखिन्छ । यस स्थानमा टावर निर्माण भएमा त्यसबाट सुर्याेदयको दृश्यावलोकन गर्न सकिन्छ ।


वरिपरि समथर जमिन रहेको स्थानमा भरेको पाथी जस्तो चुलिएर बसेको कृष्णथुम्कीलाई द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको ठाउँ भएको विश्वास गर्ने गरिन्छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...