चन्द्रगढी २० फाल्गनु÷ विकास र रुपान्तरणको सानो प्रयास, नेपाल चलचित्र कलकारसँगको साथ भन्ने नारका साथ भद्रपुरमा चलचित्रकर्मी र दिगो विकासका लागि समावेशीकरण नामक संस्थाबीच झापामै पहिलोपल्ट मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
दिगो विकासका लागि समावेशीकरण आइएसडी र नेपाल चलचित्र कलाकार संघको सहकार्यमा प्रतियोगिता हुने कार्यक्रम संयोजक सन्तोष पोखरेलले जानकारी दिनभयो । नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष महेश दाहालले उद्घाटन गर्ने प्रतियोगितामा चलचित्रकर्मी बसुन्धरा भुषाल, झरना थापा, शुभेच्छा थापा, धिरेन शाक्य, दीपकराज गिरी, लय संग्रौला, दीपाश्री निरौला, गरिमा पन्त, श्रीकृष्ण श्रेष्ठ, नवल खड्का, सुनिल थापा, राजेन्द्र खड्की, शिव श्रेष्ठ, गणेश उप्रती, गायक यशकुमार लगायतका कलाकारहरुको सहभागिता रहने छ ।
प्रतियोगितामा नेपाल चलचित्र कलाकार संघको नेतृत्व धिरेन शाक्यले गर्ने र आईएसडीको तर्फबाट राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले गर्ने बताइएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...