जामुनखाडी सिमसार क्षेत्र


जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सुरुङगा गाविसको वडा नं. २÷५ को डाँडागाउँमा अवस्थित छ । स्थानयि जामुनखाडी सामुदायिक वनभित्रको केही भू–भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न शुरु गरिएको हो । पूर्व–पश्चिम राजमार्गबाट उत्तर लगभग एक किलोमिटको दूरीमा रहेको चारसय एक दशमलव २५ हेक्टर सामुदायिक वनको भू–भागमध्ये १० हेक्टर अर्थात १४ विगाह ८ कठ्ठा ६ धुर जमिनलाई समेत सिमसार क्षेत्रको रुपमा विकास गर्ने योजना छ । ऐतिहासिक पृष्ठभूमि बोकेको गङ्गा र जमुना पोखरी रहेको सो क्षेत्रमा संरक्षण अभावका कारण हाल गङ्गा पोखरी अस्तित्वमा छैन भने जमुनाको संरक्षण र विकासका लागि विशेष पहल गरिएको छ । ४ विगाह क्षेत्रको बिचमा रहेको लाम्चो आकारको पोखरी पर्यटकको प्रमुख आकर्षणको विन्दु हो । आर्थिक आम्दानीलाई समेत मध्यनजर राख्दै पोखरीमा व्यवसायिक रुपमा डुङ्गा सञ्चालन गर्ने गरिएको र पोखरीमा माछापालन समेत गरिएको छ ।
विश्वमै दुर्लभ मानिएको अजिङ्गर यहाँको अर्को आकर्षण हो । त्यसो त निश्चित सीमा निर्धारण गरी राखिएका मृग र जरायो आदि यहाँका गहना हुन् । जुन हेर्न कै लागि पनि पर्यटकहरु आउने गरेका छन् ।
सिमसार क्षेत्रमा रहेको आकर्षक पोखरीसँगै अन्य दुई विगाह क्षेत्रलाई सिमसार तथा पर्यटन क्षेत्रको रुपमा विकास गरी प्राकृतिक तवरको डियर पार्क, वालवालिकाकालागि चिल्ड्रेन पार्क र पिकनिक स्पट लगायतको व्यवस्थापन विकास गर्ने समितिको सोच रहे पनि आर्थिक व्यवस्थापन प्रमुख चुनौति बनेको छ ।
पर्यटकका लागि अभाव खट्किएका शौचालय, पाहुनागृह र खानेपानी लगायतका भौतिक तथा प्राकृतिक सुन्दरताको बृद्धिका लागि मानव निर्मित संरचनाहरु निर्मण गर्ने योजना स्थानीय वासीले बनाएका छन् । स–सानो पहाड जस्तै लाग्ने डाँडा–काँडा र तिनीहरुलाई थप सुन्दरता दिने बोटविरुवालाई संरक्षण मात्र गर्दा पनि यसको विकासमा थप टेवा पुग्ने देखिन्छ । यसलाई व्यवस्थित रुपमा विकास गरिएमा जामुन खाडी सिमसार क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरकै पर्यटकीय क्षेत्रको रुपमा विकास, विस्तार हुने निश्चित छ ।
जामुनखाडी क्षेत्रमा छोटो समयमा नै अपेक्षा भन्दा बढी पर्यटक भित्रिएको देखिन्छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...