क्षयरोगबाट पाँच वर्षमा सात जनाको मृत्यु




इलाम मार्च, ५ 
इलाममा क्षयरोगबाट पाँच वर्षमा सात जनाको ज्यान जाने गरेको एक अध्यययनले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामले आयोजना गरेको क्षयरोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कले यस्तो आँकडा दिएको हो । 
क्षयरोग शाखाका प्रमुख रामनरेश ठाकुरले क्षयरोग नियन्त्रणका लागि निशुःल्क औषधिको व्यवस्था गरे पनि लक्ष्यअनुसार रोगी पत्ता लगाउन नसकिएको बताउनुभयो । 
क्षयरोग दुई किसिमका हुने बताउँदै उहाँले फोक्सोमा हुने क्षयरोग शरीरका भित्री भागमा देखापर्ने क्षयरोगभन्दा खतरनाक हुने बताउनुभयो । 
इलामका दानाबारी, चुलाचुली, महमाई क्षेत्रमा बढी क्षयरोगी देखापर्ने गरेको जनाइएको छ ।जसमध्ये चुलाचुलीमा मात्रै २५ प्रतिशत रोगी फेला पर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 
सन् २०१५ सम्ममा देशबाटै क्षयरोग उन्मूलन गर्ने सरकारी लक्ष्यलाई फलदायी बनाउन सबै लाग्नुपर्नेमा कार्यालयले जोड दिएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...